अनुदान आयोगको सहयोगमा आदिकवि भानुभक्त क्याम्पसमा भवन बन्ने

दमौली : तनहुँको व्यास नगरपालिका–१, भादगाउँ, दमौलीमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा प्रशासनिक भवन निर्माण कार्य सुरु हुने भएको छ ।

विश्वविद्यालय अनुदान आयोग, सानोठिमी भक्तपुरको एक करोड रुपैयाँ आर्थिक अनुदान सहायता र क्याम्पसको लागत सहभागिता १२ लाख ५६ हजार ७७० रुपैयाँ गरी कुल लागत एक करोड १२ लाख ५६ हजार ९७० रुपैयाँमा भवन निर्माण गरिने भएको हो ।

भवन निर्माण सम्बन्धी सम्झौता बिहीबार क्याम्पसमा सम्पन्न भएको हो । सम्झौता कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनारको उपस्थितिमा बोलपत्र मूल्याङ्कन समितिका संयोजक क्याप्टेन सोमबहादुर थापा र निर्माण कम्पनी पञ्च–शिभु जेभी, भक्तपुरका निर्देशक सन्तुलन देशमरूबिच दुई पक्षीय सम्झौता पत्र आदानप्रदान गरिएको छ ।

सम्झौता पत्रमा क्याम्पसका तर्फबाट प्रमुख महाप्रसाद हडखले र निर्माण कम्पनीका तर्फबाट निर्देशक सन्तुलन देशमरूले हस्ताक्षर गर्नुभएको छ । क्याम्पस प्रशासनका अनुसार भवन निर्माण कार्य निर्धारित समयमा सम्पन्न गर्ने तयारी भइरहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker