देवघाटमा आयोजित श्रीमानलाई बोकेर दौडने प्रतियोगितामा अधिकारीको जोडी प्रथम

भञ्ज्याङ न्यूज

१११औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमानलाई बोकेर दौडिने प्रतियोगिता गरेको छ ।

गाउँपालिकाको वडा नं. ५ स्थित कालिका माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगितामा विष्णु र पदम अधिकारीको जोडी प्रथम हुन सफल भएको छ ।

नारी दिवसका अवसरमा अन्य कार्यक्रमसंगै एक सय मिटर दुरीको जोडी दौड प्रतियोगिता पनि आयोजना गरिएकोमा १४ जोडीको सहभागिता रहेको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए ।

उक्त प्रतियोगितामा गंगा गुरुङ र नवीन गुरुङको जोडी द्धितीय र सीता लामिछाने क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तृतीय भएका छन् ।

शारीरिक र मानसिक रुपमा महिला पनि पुरुषसरह हुन्छन् भन्ने सन्देश दिने उद्देश्यका साथ यो प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष थापाले बताए । प्रतियोगिताका विजेताहरुलाई शिल्ड र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker