तनहुँ प्रहरीद्वारा अनधिकृत बोर्ड राखेर यातायात संचालन गर्नेलाई कारबाही

  • भञ्ज्याङ समाचारदाता (डुम्रे)

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा सञ्चालन हुने बसमा अनधिकृत बोर्ड राखेको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारवाही गरेको छ । पुग्नुपर्ने स्थानभन्दा फरक स्थान जाने अनधिकृत बोर्ड राखेर यात्रुलाई ढाँट, छल गरेको गुनासो आएपछि प्रहरीले चेकजाँचको कार्यलाई तीब्रता दिएको छ ।

अनधिकृत बोर्डहरु राखेर यात्रुलाई भ्रम पार्ने गरी सञ्चालन भैरहेका बसहरुलाई अस्थायी ट्राफिक प्रहरी कार्यालय डुम्रे तनहुँले पनि कारवाही थालेको छ । चेकजाँचका क्रममा पुग्नुपर्ने स्थान भन्दा फरक स्थान जाने अनधिकृत बोर्ड राखेर यात्रुलाई ढाँट, छल गरेको गुनासो आएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारबाही अभियान थालेको अस्थायी ट्राफिक प्रहरी कार्यालय डुम्रेका प्रमुख मुन्नी जी प्रसाद यादबले बताए । मंगलबार र बुधबार ट्राफिक प्रहरी कार्यालय डुम्रेले गरेको चेकजाँचका क्रममा २ दर्जन बसलाई कारवाही गरिएको ट्राफिक प्रहरी कुमार बस्नेतले बताए ।
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ खण्ड हुँदै मुग्लिन पोखरा चल्ने करिब ४ दर्जन बस कारवाहीमा परेका छन् । आम नागरिकको गुनासो सम्बोधन गर्नुका साथै ट्राफिक सचेतना कार्यक्रम अन्तरगत उक्त कार्य गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम बहादुर रानाभाटले बताएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker