अर्थ
-
स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि ३५ लाख रुपैयाँ बराबरको जग्गा दान
भञ्ज्याङ समाचारदाता (बन्दिपुर) तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. १ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि करिब ३३ लाख रुपैयाँ बराबरको जग्गा दान गरिएको छ । वडा नं. १ को पिप्लेमा नेपाल सरकारको एक वडा एक स्वास्थ्य केन्द्र निर्माण कार्यक्रम अन्तरगत स्थानीयले उक्त मूल्यको करिब १३ आना क्षेत्रफलको जग्गा उपलब्ध…
पुरा पढ्नुहोस -
स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा भारतबाट फूल नल्याइने
बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ । मागअनुरुप उत्पादन भएकाले आयातित फूलको आवश्यक…
पुरा पढ्नुहोस -
तनहुँको व्यास नगरपालिका–११ सेरावासी टर्कीपालन व्यवसायतर्फ आकर्षित
तनहुँको व्यास नगरपालिका–११ सेरावासी टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । तीन वर्षअघि स्थानीय कृष्णप्रसाद पौडेलले बुटवलबाट ५० वटा टर्की ल्याएर पाल्दा राम्रो आम्दानी भएपछि त्यहाँ टर्कीपालन बढ्दै गएको छ । टर्की व्यवसाय सञ्चालन सजिलो र राम्रो आम्दानी दिने भएपछि स्थानीयले आफ्नो क्षमता अनुरुप १० वटादेखि ७० वटासम्म टर्की पाल्न…
पुरा पढ्नुहोस -
लामो समयदेखि सुनसान रहेको सौराहामा अपेक्षाभन्दा बढी पर्यटक
लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेको हो । दशैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ भईरहेका छन्। व्यवसायीले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आइरहेका छन् । क्षेत्रीय होटल संघ सौराहाका…
पुरा पढ्नुहोस -
कृषि कर्मबाटै मासिक एक लाख बचत
गलकोट क्षेत्रका अधिक त जापानमा छन् । त्यसबाहेक, अमेरिका, अष्ट्रेलियालगायत देशमा नपुगेको कमै परिवार भेटिन्छ । गलकोटलाई जापाने गाउँसमेत भनिँदै आएको छ । यस्तो समाजमा आफ्नै गाउँ ठाउँमा केही गरेर कमाउने र रमाउने युवा पनि कमै छन् । गलकोट नगरपालिका–३ हटियाका गुमानसिंह खत्री यस मध्येमै पर्नुहुन्छ । अधिकांश साथीहरु जापान…
पुरा पढ्नुहोस -
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँका तीन हजार सूचीकृत
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँका विभिन्न पालिकामा करीब तीन हजार बेरोजगार सूचीकृत भएका छन् । व्यास र शुक्लागण्डकी नगरपालिका तथा म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा दुई हजार ९३५ बेरोजगार प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचीकृत भएका हुन् । सरकारले गत साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको स्थानीय…
पुरा पढ्नुहोस -
चार जिल्लाका सडक मर्मत सम्भार तथा विस्तार कार्य गरिँदै
सडक डिभिजन कार्यालय दमौलीको कार्यक्षेत्रमा रहेको तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्लाका तथा पृथ्वीराजमार्ग अन्तर्गतका सडक मर्मत सम्भार र विस्तार गर्ने कार्यलाई तीव्ररूपमा अघि बढाइएको छ । आर्थिक वर्ष ०७६/०७७ मा कोभिड–१९ कारण निर्माण कार्य प्रभावित हुँदा कामले गति लिन नसकेपछि यस आर्थिक वर्ष ०७७/०७८ को शुरुदेखि नै सडक मर्मत…
पुरा पढ्नुहोस -
आन्तरिक पर्यटक आकर्षित गर्न तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित होटल व्यवसायीले ल्याए छुट प्याकेज
आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित होटल व्यवसायीले छुट प्याकेज घोषणा गरेका छन् । कोभिड–१९ ले थला परेको बन्दीपुरको पर्यटन व्यवसाय उकास्नका लागि यहाँका व्यवसायीले होटलमा छुट प्याकेज घोषणा गरेका हुन् । चाडपर्वलाई लक्षित गरी सबै होटल तथा रेष्टुरेण्टले १० देखि १५ प्रतिशतसम्म छुट प्याकेज दिइरहेको…
पुरा पढ्नुहोस -
तारादेवी र विष्णुकुमार श्रेष्ठको झिलिङ्गा व्यवसायबाट मनग्य आम्दानी
झिलिङ्गा बेचेर यहाँको एक दम्पती मनग्य आम्दानी गर्न सफल भएको छ । लामो समयदेखि दमौलीमा होटल व्यवसाय गर्दै आएका जिल्लाको व्यास नगरपालिका–३ देउरालीनगरका तारादेवी र विष्णुकुमार श्रेष्ठ दम्पती झिलिङ्गा बेचेर अहिले राम्रो आम्दानी गर्न सफल भएका हो । अहिले यो व्यवसायबाट सबै खर्च कटाएर दैनिक रु एक हजार बचत हुने…
पुरा पढ्नुहोस -
गाउँमै कमाएर रमाउँदै दरवाङका युवा
म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका युवाहरु सीप सिकेर विकास र आयआर्जनका काममा जोडिएका छन् । विदेशबाट फर्किएका र बेरोजगार युवाहरु सङ्गठित भएर सामूहिकरूपमा स्वरोजगार बनेका हुन् । आत्मनिर्भर युवा स्वरोजगार समूहमार्फत विकास आयोजनाका लागि फर्निचर, ग्रिल, मिक्सर उद्योग सञ्चालनका साथै कुखुरा र भैँसीपालनको तयारी गरेका दरवाङका वडा अध्यक्ष सन्तोष सुबेदीले बताउनुभयो…
पुरा पढ्नुहोस