अर्थ
-
तनहुँको भिमादमा पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला
दमौली : तनहुँको भिमाद नगरपालिका–५ स्थित मिर्छुलुङमा पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला हुने भएको छ । मिछुर्लुङको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित हरेक वर्षझै यस वर्ष पनि दसैँको अवसर पारेर मेला आयोजना गर्न लागिएको हो । तेस्रो नेत्र युवा संस्थाको आयोजनामा आजदेखि ११ गतेसम्म आयोजना हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको…
पुरा पढ्नुहोस -
जिल्ला कारागार तनहुँका कैदीबन्दी दसैँमा मूढा उत्पादनमा व्यस्त
जिल्ला कारागार तनहुँमा यस वर्षको दसैँमा रु पाँच लाख बराबरको मूढा उत्पादन गरी बिक्रीका लागि तयारी गरिरहेका छन् । त्यसका लागि केही दिनदेखि कैदीबन्दी मूढा बुन्ने काममा व्यस्त छन् । बाँसबाट मुढा बुन्न कैदीबन्दीलाई चटारो रहेको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कैदीबन्दी यतिबेला मुढा बनाउने,…
पुरा पढ्नुहोस -
आँबुखैरेनीमा पढ्दै, कमाउँदै : विद्यार्थीले पालेका कुखुरा बिक्रीवितरण सुरु
तनहुँको आँबुखैरेनी गाउँपालिका-६ स्थित कन्यादेवी माध्यमिक विद्यालयमा विद्यार्थीलाई पढ्दै, कमाउँदै कार्यक्रम अन्तर्गत पालन गरेको कुखुरा बिक्रीवितरण गर्न सुरु गरिएको छ । विद्यार्थीले पालेको कुखुरा विद्यालयले गाउँपालिकाले सञ्चालन गरेको शुक्रबारे हाटबजारबाट बिक्रीवतरण सुरु गरेको हो । एक वडा, एक उत्पादन अन्तर्गत आँबुखैरेनी गाउँपालिका कार्यालयले पाँच लाख रुपैयाँ अनुदान प्रदान गरेपछि विद्यालयमा…
पुरा पढ्नुहोस -
हल गोरु पाल्ने किसानलाई तनहुँको म्याग्दे गाउँपालिकाले दियो पोषण अनुदान
दमौली : तनहुँको म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप पोषण अनुदान वितरण गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को ‘हलगोरु पोषण अनुदान कार्यक्रम’अन्तर्गत हल गोरु पाल्ने किसानलाई अनुदान वितरण गरेको हो । पालिकाले सातवटै वडाका किसानलाई एक हल गोरुबापत जनही रू चार हजारका दरले रकम वितरण गरेको पशु…
पुरा पढ्नुहोस -
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल
दमौली : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दसैँ सुरुआत भएलगत्तै बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । दसैँमा चिसो मौसम सुरु हुने भएकाले यहाँ पर्यटकको चहलपहल बढ्ने बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधान बताउनुभयो । उहाँले भन्नुभयो, “चिसो मौसम बन्दीपुरको पर्यटनका लागि सिजन…
पुरा पढ्नुहोस -
एमसिसीअन्तर्गत बन्ने प्रसारण लाइनको पुनः ठेक्का अन्योलमा
काठमाडौँ : मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी) को अनुदान सहयोगमा बन्न लागेको चार सय केभी विद्युत् प्रसारणलाइनको ठेक्का प्रक्रिया रद्द भएसँगै अर्को ठेक्का प्रक्रिया कसरी र कहिलेसम्म अघि बढ्छ भन्नेमा अन्योल देखिएको छ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले गत असोज २६ गते एक सूचना जारी गर्दै विद्युत्…
पुरा पढ्नुहोस -
बन्दीपुरमा १७ तले ‘क्वीन टावर’ निर्माण, केबलकारभित्र रेष्ट्रो सुविधा
तनहुँ : बन्दीपुरमा १७ तले ‘क्वीन टावर’ नाम दिइएको पाँचतारे होटल निर्माण अन्तिम चरणमा पुगेको छ । ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरमा निर्माणधीन उक्त होटलमा रङगरोगन र फिनिसिङलगायत काम अन्तिम चरणमा पुगेको बन्दीपुर केबलकार एण्ड टुरिजम कम्पनीले जनाएको छ । करिब ९० कोठा रहेको हिलटपमा ७८ कोठा प्रयोगमा ल्याइने छ…
पुरा पढ्नुहोस -
तनहुँको आँवुखैरेनीमा सामुहिक रुपमा गरिएको फूलखेतीले उत्पादन दिन थाल्यो
तनहुँको आँबुखैरेनी गाउँपालिकामा व्यावसायिक फूलखेती गरिएको छ । विदेशबाट फूल आयात हुँदै आएकाले आयतित सयपत्री फूललाई प्रतिस्थापन गर्न फूलखेती थालिएको हो। आँबुखैरेनी-१ स्थित याञ्चोक आमा समूह, आँधीमूल आमा समूह र मित्रता मावि परिसरमा गरी २६ रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको छ । महिलालाई फूलखेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्न सय प्रतिशत…
पुरा पढ्नुहोस -
गाउँमा कोदो खेती घट्दै, सहरमा महत्व बढ्दै
रामपुर (पाल्पा) : ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन् । गाउँका बारी कोदो खेतीले भरिन्थे । गाउँमा सबैका जसो घर–घरमा कोदो लगाइन्थ्यो । पछिल्ला वर्षमा भने कोदो खेती कम हुँदै गएको बताउनुहुन्छ, पाल्पा रामपुर नगरपालिका–१ स्थित कुमैडाँडाकी ६५ वर्षीया शान्ति विश्वकर्मा । “जवानी उमेरमा दिनभर…
पुरा पढ्नुहोस -
बिरुवा उत्पादनले बदलिएको पहिचान
रामपुर (पाल्पा) : पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुकका शिवप्रसाद बस्यालको दैनिकी तरकारीका बिरुवा उत्पादन र बिक्रीमै बितिरहेको छ । बिगत एक दशकदेखि यस व्यवसायमा आबद्ध रहनुभएका बस्यालले समयानुकूल विभिन्न जातका तरकारीका बिरुवा उत्पादन गरिरहनुभएको छ । उहाँको नर्सरीमा यतिबेला काउली, बन्दालगायतका बिरुवा बिक्री भइरहेका छन् । बेमौसमीयामलाई मध्यनजर गर्दै बिरुवा…
पुरा पढ्नुहोस