तनहुँको आँवुखैरेनीमा सामुहिक रुपमा गरिएको फूलखेतीले उत्पादन दिन थाल्यो

तनहुँको आँबुखैरेनी गाउँपालिकामा व्यावसायिक फूलखेती गरिएको छ । विदेशबाट फूल आयात हुँदै आएकाले आयतित सयपत्री फूललाई प्रतिस्थापन गर्न फूलखेती थालिएको हो। आँबुखैरेनी-१ स्थित याञ्चोक आमा समूह, आँधीमूल आमा समूह र मित्रता मावि परिसरमा गरी २६ रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको छ ।

महिलालाई फूलखेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्न सय प्रतिशत अनुदानमा बिरुवा वितरणदेखि प्राविधिक सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । गाउँपालिकाले अध्यक्षसंग कृषि विकास कार्यक्रम अन्तर्गत महिलाहरुलाई समूहमा आवद्ध गराइ फूलखेतीमा आकर्षण तथा सयपत्री प्रवर्द्धन कार्यक्रमलाई अघि बढाइएको छ ।

गत साउन २० गते रोपिएका बिरुवाबाट ढकमक्क फूल फुलेपछि बजारीकरण सुरु भएको गाउँपालिकाका कृषि शाखाप्रमुख सन्तोष केसीले बताए । उक्त वडाका तीन स्थानमा गरी २६ हजार बिरुवाले उत्पादन दिन सुरु गरेको छ । फूल उत्पादन हुन थालेसँगै बजारका फूल व्यवसायीले स्थानीय उत्पादन किन्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गाउँपालिका मातहत र संघसंस्थाले आयोजना गर्ने कार्यक्रममा खादाको सट्टा फूलको माला प्रयोग गर्न समन्वय भइरहेको कृषि शाखाप्रमुखले केसीले बताए । मालाको गुणस्तर हेरी थोकमा प्रतिमाला रु ४० देखि ६० मा बिक्री गर्ने योजना बनाइएको छ । खुद्रा मूल्य भने निर्धारण गरिएको छैन । अन्य ठाउँबाट ल्याइने फूल तथा मालाको तुलनामा सुपथ मूल्यमा यहाँ उत्पादित फूल बिक्री गर्ने लक्ष्य राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले बताए । दुइवटा आमा समूहलाई पहिलो वर्षमा रु ९० हजार पूर्ण रूपमा अनुदान प्रदान गरे पनि आगामी वर्षदेखि गाउँपालिकाले प्राविधिक सहयोग मात्रै गर्ने योजना रहेको छ ।

आमा समूहले पहिलो वर्षमा फूलखेतीबाट गरेको आम्दानीलाई बर्सेनि सयपत्री फूल व्यवसायलाई निरन्तरता दिनुपर्ने प्रावधान रहेको छ। मित्रता माविको हकमा भने ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत एकमुष्ट रु तीन लाख प्रदान गरेर आयआर्जनबाट पठनपाठनमा सहयोग गर्ने लक्ष्य राखेको छ ।

सोही वडास्थित धार्मिक पर्यटकीयस्थल आँधीमूलमा लाग्ने मेलामा पनि सयपत्री फूलखेतीले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । यहाँ सुरु गरिएको फूलखेतीले प्रत्येक वर्षबाहिरबाट फूल खरिद गरेर ल्याउनुपर्ने अवस्थाको अन्त्य हुने यान्चोक आमा समूहकी अध्यक्ष सुनिता आलेमगरले बताइन् । सधैं चुल्होचौकामा सीमित हुने यस क्षेत्रका महिलाको आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाले थालेको कार्यले महिला उत्साहित भएको उनले बताइन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker