बन्दीपुरमा १७ तले ‘क्वीन टावर’ निर्माण, केबलकारभित्र रेष्ट्रो सुविधा 

तनहुँ : बन्दीपुरमा १७ तले ‘क्वीन टावर’ नाम दिइएको पाँचतारे होटल निर्माण अन्तिम चरणमा पुगेको छ । ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरमा निर्माणधीन उक्त होटलमा रङगरोगन र फिनिसिङलगायत काम अन्तिम चरणमा पुगेको बन्दीपुर केबलकार एण्ड टुरिजम कम्पनीले जनाएको छ । करिब ९० कोठा रहेको हिलटपमा ७८ कोठा प्रयोगमा ल्याइने छ ।
पाँचतारे होटलमा सेमिनारलगायत अन्य कामका लागि एक हजार बढी क्षमताको ठूलो सभाहलसमेत निर्माण गरिएको छ । होटलको सुरु तलाबाट सत्र तलासम्म क्यापसुल लिफ्टबाट सिधैँ ‘क्वीन टावर’सम्म जान सकिने व्यवस्था गरिएको बन्दीपुर केबलकार एण्ड टुरिजमका प्रमुख इञ्जिनियर हरिदत्त पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार केबलकारको प्रवेशद्वारमा रू २६ करोडको लागतमा अर्को सुविधा सम्पन्न आधुनिक होटल निर्माण भइरहेको छ । उक्त होटल पनि छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको जनाइएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबलकार निर्माण गरिएको छ ।
एसियाकै ठूलो दाबी गरिएको बन्दीपुरको सिद्धगुफा र हरियाली डाँडाको मनोरमदृश्य अवलकोन गर्दै उक्त केबलकारबाट पर्यटकले यात्रा गर्न सक्नेछन् । केबलकारको अहिले परीक्षण भइरहेको इञ्जिनियर पौडेलले बताउनुभयो । केबलकारको २१ डिब्बा यात्रु बोक्ने, छ रेष्ट्रो क्याबिन र दुई एड्भेन्चर गरी २९ डिब्बा रहेका बताउँदै उहाँले एउटामा आठ जनासम्म यात्रु अटाउने क्षमता हुने जानकारी दिनुभयो ।
“एड्भेन्चर डिब्बा अन्य डिब्बाको तुलनामा फरक किसिमको हुनेछ । यो सिसैसिसाको र आधुनिक किसिमबाट निर्माण गरिएको छ”, पौडेलले भन्नुभयो, “केबलभित्रै सुत्न र खान पाइने व्यवस्थासहित रेष्ट्रो क्याबिन सञ्चालन गर्ने योजना छ ।” उहाँका अनुसार केबलकारमा न्यूनतम रू ५० देखि रू २५ हजारसम्म टिकट शुल्क तोकिएको छ ।
पृथ्वीराजमार्गमा रहेको बटम स्टेशनबाटमाथि बन्दीपुर बजारमा कलेज पढ्न जाने र आउने विद्यार्थीलाई रू पचास, पत्रकारलाई रू तीन सय पचास, अन्य यात्रुका लागि रू पाँच सय, रेष्ट्रो क्याबिनको रू २५ हजार र ६५ वर्ष माथिका नागरिकलाई टिकटमा सहुलियत दिइने कम्पनीले जनाएको छ ।
केबलकार र पाँचतारे होटल गरी कूल रू तीन अर्ब ५८ करोडको लागतमा निर्माण सम्पन्न हुन लागेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । बन्दीपुर आउने पर्यटकले केबलकारमा सुतेरै रमणीय प्राकृतिक स्थलको अवलोकन गर्दै मनोरञ्जन दिने कम्पनीको मुख्य लक्ष्य रहेको उहाँले बताउनुभयो ।

केबलकारभित्र रेष्ट्रो सुविधा

केबलकारमा यात्रुको आवतजावतको समय पश्चात् साँझपख केबुलकारभित्र रेष्टुरेण्ट सञ्चालन गरी खाना र सुत्न मिल्ने सुविधा प्रदान गरिने कम्पनीका अध्यक्ष शर्माले बताउनुभयो । प्रत्येक दिन साँझ ५ बजेपछि यो सुविधा प्रदान गरिने योजना रहेको उहाँको भनाइ थियो ।
बन्दीपुरमा ठूलो सङ्ख्यामा आउने पर्यटकलाई लक्षित गर्दै केबलकार, रेस्ट्रोकार र तारेस्तरसम्मको होटल निर्माण गरिएको अध्यक्ष शर्माले बताउनुभयो । उहाँका अनुसार बटम स्टेशनबाट बन्दीपुरमा निर्माण गरिएको सत्र तले होटलभित्रै केबलकार पुगेर टुङिग्ने छ । “बटम स्टेशन ९तल० हाइवेसँग जोडिएको छ । जहाँबाट सिधैँ माथि बन्दीपुरस्थित होटलभित्र पुग्न सकिन्छ”, उहाँले भन्नुभयो ।
बटम स्टेशनको भवन अन्य केबलकारको भन्दा फरक किसिमको टर्मिनल भवन रहेको छ । सोही भवनमा भिआइपी लन्च, ओपन रेष्टुरेन्ट ९टुरिष्ट कोच०, अतिथि स्वागत गर्ने लगायतका कार्य एउटै भवनबाट हुनेछ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker