अर्थ
-
व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न व्यासमा उत्पादनमा आधारित अनुदान वितरण
दमौली : तनहुँको व्यास नगरपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ । यस कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ मा दुग्ध तथा पशुपालन क्षेत्रका किसानलाई विभिन्न शीर्षकमा लाखौ रुपैयाँ बराबरको अनुदान उपलब्ध गराएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार नगरभित्रका सात वटा…
पुरा पढ्नुहोस -
तनहुँको आँवुखैरेनीमा भूमिहीन ३८ परिवारको विवरण प्रमाणित, लालपूर्जा वितरण प्रक्रिया अघि बढ्यो
आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले भूमिहीन सुकुम्बासीलाई लालपूर्जा उपलब्ध गराउने प्रक्रियालाई अघि बढाउँदै वडा नं. १ देखि ६ सम्मका ३८ परिवारको विवरण प्रमाणित गरेको छ । गाउँकार्यपालिकाको साउन १ गते बसेको बैठकले ३८ जना भूमिहीन सुकुम्बासी परिवारको विवरण प्रमाणित गर्दै लालपूर्जा वितरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन भूमि समस्या समाधान…
पुरा पढ्नुहोस -
असार सकिँदा तनहुँमा ७२ प्रतिशत धान रोपाइँ
तनहुँ : धान उत्पादनका दृष्टिले गण्डकी प्रदेशकै प्रमुख जिल्लामध्ये एक तनहुँमा असार मसान्तसम्म ७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । यस वर्ष जिल्लामा ८ हजार ५१५ हेक्टर क्षेत्रफलमा असारे धान खेती हुने अनुमान कृषि विकास कार्यालय तनहुँले गरेको छ । पर्याप्त वर्षा भएका क्षेत्रमा रोपाइँले गति लिए पनि सिँचाइको…
पुरा पढ्नुहोस -
दमौलीस्थित मादी पुलको प्रगति ८६ प्रतिशत
दमौली : पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको दमौलीमा निर्माण भइरहेको चार लेनको मादी पुलको भौतिक प्रगति ८६ प्रतिशत बराबर पुगेको छ । बाँकी कामका लागि ३०० दिन म्याद थप गरिएको मुग्लिन–पोखरा सडक योजना -पूर्वी खण्ड) आयोजनाले जनाएको छ । चालु आर्थिक वर्षभित्र निर्माणसम्पन्न गर्ने लक्ष्य राखिए पनि काम पूरा हुन…
पुरा पढ्नुहोस -
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
डुम्रे (तनहुँ) : तनहुँ प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा, धार्मिक आस्था, सांस्कृतिक विविधता तथा ग्रामीण जीवनशैलीले भरिपूर्ण छ । पृथ्वीराजमार्गले जोडिएको, पोखरा र काठमाडौँको बीचमा रहेको यस जिल्लामा विश्वप्रसिद्ध वेदव्यासको तपोभूमि, बन्दीपुर, देवघाटधाम र शुक्लागण्डकीजस्ता पर्यटकीय गन्तव्यले राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यटकलाई आकर्षित गरिरहेका छन् । तर, यिनै चर्चित गन्तव्यको छायाँमा तनहुँका…
पुरा पढ्नुहोस -
सीप र उत्पादन प्रदर्शनीबाट महिला उद्यमशीलताको प्रवर्द्धन
दमौली : महिला उद्यमी संघ तनहुँको आयोजना, इनरह्विल क्लब अफ दमौलीको सहआयोजना तथा तनहुँ सौन्दर्य व्यवसायी संघको सहजीकरणमा मङ्गलबार दमौलीमा मेहेन्दी कला तथा सौन्दर्य सीप प्रदर्शनीसँगै महिला उद्यमीका उत्पादनहरूको प्रदर्शनी सम्पन्न भएको छ। प्रदर्शनीमा मेहेन्दी कला, मेकअप तथा सौन्दर्यसम्बन्धी विभिन्न सीपको प्रत्यक्ष प्रदर्शन गरिएको थियो। साथै महिला उद्यमीहरूले उत्पादन गरेका…
पुरा पढ्नुहोस -
व्यास नगरपालिकाको प्राथमिकता : सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रण
दमौली : व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिनुभयो । उहाँका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक…
पुरा पढ्नुहोस -
ग्रामीण पर्यटन वर्षमार्फत बन्दीपुरको प्रवर्द्धन गर्ने लक्ष्य
दमौली : प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा र सांस्कृतिक मौलिकताले परिचित बन्दीपुर गाउँपालिकाले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै विविध कार्यक्रम सार्वजनिक गरेको छ । बन्दीपुरलाई ग्रामीण पर्यटनको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित पर्यटन पूर्वाधार, प्रचारप्रसार, सांस्कृतिक संरक्षण तथा नयाँ पर्यटकीय गन्तव्यहरूको विकासमा विशेष जोड दिइएको हो । गाउँपालिकाले ‘ग्रामीण पर्यटन…
पुरा पढ्नुहोस -
‘भानु साहित्य उद्यान’को पूर्वाधार निर्माणका लागि २४ करोड बजेट विनियोजन
नेपाली भाषाका अनुवादक आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई अन्तरराष्ट्रिय प्राज्ञिक तथा साहित्यिक केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले अघि बढाइएको राष्ट्रिय गौरवको आयोजना ‘भानु साहित्य उद्यान’को पूर्वाधार निर्माणकार्य अगाडि बढेको छ । सरकारको प्राथमिकतामा रहेको यस बहुप्रतिक्षित आयोजनाअन्तर्गत भानु नगरपालिका–४ रम्घा डाँडाको करिब ५०० रोपनी क्षेत्रफलमा उद्यान निर्माण थालिएको छ…
पुरा पढ्नुहोस -
४५औं व्यास नगरसभा : छुवाछुतका पीडितको कानुनी उपचार नगरपालिकाले व्यहोर्ने
दमौली : तनहुँको व्यास नगरपालिकाको ४५औँ नगरसभाको दोस्रो बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि रु. १ अर्ब ५५ करोड ३० लाख १ हजारको संशोधित बजेट, वार्षिक नीति तथा कार्यक्रम, आर्थिक तथा विनियोजन विधेयकसहित विभिन्न महत्त्वपूर्ण निर्णय सर्वसम्मत रूपमा पारित गरेको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न नगरसभाले विकास…
पुरा पढ्नुहोस