व्यासमा महिलासंग उपमेयर कार्यक्रम : गर्भवतीलाई पोषण भत्ता बापत हातमै नगद

दमौली : तनहुँको व्यास नगरपालिकाले ‘महिलासंग उपमेयर’ कार्यक्रमलाई प्रभावकारी ढंगाले अगाडि बढाएको छ । आमा र शिशुको स्वास्थ्य सुधारको लागि नगरपालिकाले गर्भवती महिलालाई पोषण भत्ता सुविधा उपलब्ध गराउन थालेसंगै कार्यक्रमको प्रभावकारिता बढ्दै गएको छ ।
‘महिलासँग उपमेयर कार्यक्रम’ अन्तर्गत सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन र सुत्केरी सेवा लिन आकर्षित गर्न सुत्केरीलाई पोषण भत्ता उपलव्ध गराउने कार्यक्रम अगाडि ल्याएको नगरपालिकाले गर्भवती महिलाको स्वास्थ परीक्षण नगर्दा र घरमै बच्चा जन्माउँदा आमा र शिशु दुबैको स्वास्थ्यमा आउने समस्याका विषयमा समेत सचेतना फैलाउन सफल हुँदै गएको छ ।
नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा जाँच तथा सुत्केरी सेवा लिनेलाई पोषणबापत भत्ता दिन थालिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेलेले बताए। आमा र शिशु दुबैको स्वास्थ्य सुरक्षाको लागि नगरपालिकाले प्राथमिकता दिएइको उनले बताए ।
नगरप्रमुख न्यौपानेले नगरपालिकाको आर्थिक सहयोगमा दमौली अस्पतालमा सुत्केरी महिलाको अप्रेसन सेवालाई निरन्तर दिनका लागि गाइनोलोजिष्ट र एनेस्थेसिस्ट गरी दुई जना चिकित्सकलाई पारिश्रमिक उपलब्ध गराइएको बताए । त्यसैगरी सुत्केरी हुने महिलालाई अस्पताल लैजान र घरमा पु¥याउन निःशुल्क एम्बुलेन्स सुविधा समेत प्रदान गरिएको छ ।
स्वास्थ्य संस्थामा जाँच गरेको मातृसेवा कार्डको आधारमा गर्भवतीलाई भत्ता वितरण गर्न थालिएको छ । गर्भवतीलाई समय–समयमा गर्भ जाँच गरी शिशु मृत्युदर न्यूनीकरणमा प्रोत्साहित गर्ने उद्देश्यले प्रोत्साहन पोषण रकम दिईएको उपप्रमुख इन्दिरा दरैले बताइन ।
उनले भनिन्, ‘पोषण प्रोत्साहन रकम प्रदान गरी गर्भावस्थामा कुपोषण हुनबाट बचाउन तथा प्रोटोकल अनुसार गर्भवती जाँच गर्न प्रोत्साहन गर्ने उद्देश्यले गर्भवती पोषण कार्यक्रम अन्तर्गत हातमै नगद रकम प्रदान गर्ने गरिएको छ ।’
‘घरमा सुत्केरी गराउँदा पोषणको कमी हुँदा आमा र शिशुको स्वास्थ्यमा असर पर्ने भएकाले सचेतनाको लागि कार्यक्रम सञ्चालन गरेका हौं’, उनले भनिन्, ‘पहिलो पटक गभर्वती र सुत्केरी भएकी महिललाई स्वास्थ सम्बन्धी ज्ञानको अभाव हुने भएकाले कार्यक्रम सञ्चालन गरिएको हो ।’
‘गर्भावस्थामा स्वास्थ्य परीक्षण नगर्ने र घरमै असुरक्षित सुत्केरी गराउँदा महिलाको ज्यान जाने खतरा हुने भएकाले यसको अन्त्यको लागि यो कार्यक्रम ल्याइएको हो’, उनले भनिन्, ‘नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा प्रोटोकल अनुसार नियमित गर्भ जाँच गर्ने गर्भवतीलाई भत्ता वितरण गरिनेछ ।
नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थाबाट कम्तिमा तीन पटक (४, ६ र ८ महिना) गर्भवती महिलालाई आठ महिनामा मातृ शिशुकार्डको आधारमा जनही पाँच हजार रुपैयाँ उपलब्ध गराउने गरिएको छ ।’
नगरपालिकाको महिला शाखा प्रमुख राधा आचार्यका अनुसार गतबर्ष र चालु आर्थिक बर्षको दोस्रो चौमासिकसम्म १९ लाख ८० हजार रुपैयाँ प्रोत्साहन रकम वितरण गरिसकिएको छ । उक्त सुविधा लिन व्यास नगरपालिकामा स्थायी बसोबास र विवाह दर्ताको प्रमाणपत्र पेश गर्नुपर्छ । उनले भनिन्, ‘समय समयमा गरिने गर्भ जाँचले बालमृत्यु दर घट्नुका साथै कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।’
स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रोत्साहन गर्ने नीति लिए अनुसार पोषण भत्ता वितरण थालिएपछि स्वास्थ्य संस्थामा परीक्षण गराउन र सुत्केरी हुन आउनेको संख्या बढेको आचार्यले जानकारी दिइन् । संस्थागत सुत्केरी बढावा गर्न कार्यक्रम प्रभावकारी देखिएको चालु आर्थिक वर्षमा पनि कार्यक्रम निरन्तरता दिइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार गत आर्थिक बर्षमा २३० र चालु आर्थिक बर्षमा १६६ गरी हालसम्म ३९६ गर्भवती महिलालाई १९ लाख ८० हजार रुपैयाँ प्रोत्साहन रकम वितरण गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker