लायन्स क्लवद्वारा व्यास नगरपालिकालाई अक्सिजन मेसिन सहयोग

भञ्ज्याङ न्यूज

लायन्स क्लब अफ तनहुँ दमौलीले स्थानीय जनताको जीवनरक्षाका लागि भन्दै व्यास नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर मेसीन हस्तान्तरण गरेको छ । कोभिड-१९ जोखिमसंग जुध्न भन्दै नगरपालिकालाई मेसिन हस्तान्तरण गरिएको क्लबका पूर्व अध्यक्ष राजकुमार श्रेष्ठ राकुले बताए ।

व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेलाई मेसिन हस्तान्तरण गर्दै क्लबका अध्यक्ष सरोज भण्डारीले नगरपालिकाद्वारा सञ्चालित सामुदायीक आईसोलेसनमा अक्सिजनको अभाव हुन नदिन सहयोग गरिएको बताए ।

कार्यक्रममा नगर प्रमुख न्यौपानेले संस्थाले गरेको सामाजिक क्रियाकलापको सराहना गर्दै धन्यवाद ज्ञापन गरे । क्लवले नगरपालिकालाई करिब एक लाख २७ हजार मूल्य बराबरको मेशिन उपलब्ध गराएको क्लबका सचिव विशाल पण्डितले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker