छिम्केश्वरी माविमा अक्षयकोष स्थापना

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको आँवुखैरेनी गाउँपालिका-४ स्थित श्री छिम्केश्वरी माध्यमिक विद्यालयमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । गएको वर्ष हीरक जयन्ती मनाएको उक्त विद्यालयले सोही स्मारीका समेत प्रकाशन गरेको थियो ।

स्मारिकाबाट आएको रकमबाट अन्य खर्च कटाएर एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको विद्यालयका सहायक प्रधानाध्यापक एवं सूचना अधिकारी काशीनाथ देवकोटाले जानकारी दिए ।

अक्षयकोषको चेक बुधबार गाउँपालिका अध्यक्ष शुक्र चुमानले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सृजना खवासलाई प्रदान गरेका छन् । ६१औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रम उद्घाटनका लागि विद्यालय पुगेका पालिका अध्यक्ष चुमानले आँवुखैरेनी गाउँपालिकाको शिक्षा र स्वास्थ्य सुधार गरिछाड्ने बताए । शिक्षकहरुलाई आफूले मोवाइलबाटै मोनिटरिङ गर्ने सुरुवात गरेको उनले बताए ।

विद्यार्थीलाई दोष दिएर शिक्षक उम्कन पाउँदैन भन्दै उनले भने, धेरै ठाउँमा गाउँपालिकाले शिक्षकलाई कारवाही गरेको समाचार सुन्दा मलाई खुशी लाग्छ, शिक्षाको सुधारका लागि गरेको हो नी, आँवुखैरेनीमा अवको शैक्षिक सत्रबाट थप क्रियाकलाप अघि बढाइनेछ । शिक्षाको सुधारका लागि गाउँपालिकालाई साथ नदिने अस्थाइ करारको नविकरण नगर्ने र स्थायीको विभागीय कारवाही गर्ने उनले बताए।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, वडा नम्बर ४ का अध्यक्ष मिलन भुजेल, शिक्षा शाखा प्रमुख निर्मला कुँवर, विद्यालय व्यवस्थापन समितिका सदस्य देवनारायण खवासले मन्तव्य राखेका थिए ।

वार्षिकोत्सवको अवसरमा विद्यालयमा विद्यार्थीहरुले शैक्षिक प्रदर्शनी कार्यक्रम गरेका थिए । शैक्षिक प्रदर्शनीको अवलोकन गाउँपालिका लगायतका टोलीबाट भएको थियो । दुर्गम क्षेत्रमा रहेको उक्त विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सृजना खवासले बताइन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खवासको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker