शुक्लागण्डकी युनेस्कोद्वारा राहत वितरण

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

शुक्लागण्डकी युनेस्को केन्द्रले नगरभित्रका विपन्न वर्गमा खाद्यान्न सामग्री वितरण गरेको छ । कोरोना कहरका कारण दैनिक रुपमा विपन्न वर्गलाई गुजारा चलाउन गाह्रो परेको अवस्थालाई मध्यनजर गर्दै खाद्यान्न सामग्री वितरण गरेको युनेस्को केन्द्रका अध्यक्ष भीष्म श्रेष्ठले जानकारी दिए ।

आर्थिक अवस्था कमजोर रही महामारीको समयमा रोगले भन्दा पनि भोकले मर्नपर्ने अवस्था सिर्जना नहोस भन्दै खाद्यान्न सामग्री वितरण गरेको बताए । युनेस्कोले दाल, नुन, तेल, मस्यौरा, ५ केजि चामल लगाएतका खाद्यान्न सामग्री नगरभित्रका १२ जना विपन्न परिवारलाई वितरण गरिएको छ ।

युनेस्को केन्द्रको स्थापना भएको पहिलो बर्षमा क्वारेनटिनमा रहेकालाई खाद्यान्न सामग्री वितरण, जनजाति समुहलाई उद्घोष तालिम, सरसफाई कार्यक्रम, शिलादेवि युवा क्लबसंग समन्वय गरी फुड बैंक स्थापना गरी सहयोग गर्ने क्लबकी उपाध्यक्ष आकृति गुरुङले जानकारी दिईन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker