होटल व्यवसायी संघ तनहुँद्वारा बाढीपीडितलाई आर्थिक सहयोग, पीडितलाई निःशुल्क खाना–बस्ने व्यवस्था

दमौली : होटल व्यवसायी संघ तनहुँले भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को यस घडीमा सरकार र पीडित परिवारको साथमा रहेको जनाएको छ ।

संघले मंगलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विपद्बाट प्रभावित परिवारलाई राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले रु. ३८ हजार ११० आर्थिक सहयोग गरेको छ ।

त्यसैगरी, बाढीपहिरोमा बेपत्ता तथा मृत्यु भएका व्यक्तिका आफन्त शव खोज्न वा बुझ्न आउने क्रममा निःशुल्क खाना र बस्ने व्यवस्था गर्ने निर्णय गरेको संघका अध्यक्ष गिरीबहादुर थापाले जानकारी दिए ।

अध्यक्ष थापाका अनुसार कोत्रेदेखि मुग्लिनसम्म सञ्चालनमा रहेका होटल व्यवसायीहरूले पीडितको संख्या र आवश्यकताका आधारमा निःशुल्क गाँस र बाँसको व्यवस्था गर्नेछन् । विपद्का कारण आफन्त गुमाएका तथा बेपत्ता भएकाको खोजी र शव व्यवस्थापनका लागि आउने परिवारलाई सकेसम्म सहज वातावरण उपलब्ध गराउने संघले जनाएको छ ।

संघले विपद्का बेला व्यवसायीको सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै पीडितलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

यस्तै, संघले खाना पकाउने ग्याँसको अभावका कारण होटल व्यवसाय सञ्चालनमा समस्या उत्पन्न भएको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । विपद्को समयमा होटल व्यवसायीहरूले आफ्नो व्यवसाय सञ्चालनसँगै पीडित तथा उद्धारमा खटिएका व्यक्तिलाई समेत सेवा प्रदान गरिरहेकाले आवश्यक ग्यासको आपूर्ति सहज बनाउन प्रशासनसँग आग्रह गरिएको संघका पूर्वउपाध्यक्ष एवं गण्डकी प्रदेश उपाध्यक्ष दुर्गाविलास भट्टराईले जानकारी गराए ।

संघले विपद्को अवस्थामा अत्यावश्यक सेवाका रूपमा रहेका होटल व्यवसाय सञ्चालनमा आवश्यक पर्ने ग्यासलगायत सामग्रीको आपूर्ति नियमित बनाउन प्रशासन र सम्बन्धित निकायसँग समन्वयको अपेक्षा गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker