लियो क्लब अफ तनहुँको अध्यक्षमा मिश्र

भञ्ज्याङ समाचारदाता/दमौली

सामाजिक कार्यमा सक्रिय रहेको लियो क्लब अफ तनहुँको अध्यक्ष सुनिल मिश्रले कार्यभार सम्हालेका छन् । विहिबार एक कार्यक्रमका गरी क्लबका वर्ष २०२०/२१ का अध्यक्ष प्रवेश पोख्रेलले वर्ष २०२१/२२ का अध्यक्ष मिश्रलाई कार्यभार हस्तान्तरण गरे । क्लबको प्रथम उपाध्यक्षमा मोहम्मद गफार, द्वितिय उपाध्यक्षमा बसन्ती थापा, तृतीय उपाध्यक्षमा सुनिल श्रेष्ठ तथा सचिवमा सागर घिमिरे चयन भएका छन् ।

क्लबका कोषाध्यक्षमा रोबिन श्रेष्ठ, टेलटि्वस्टरमा युबराज भण्डारी, सह सचिवमा सुस्मिता चौधरी तथा सह कोषाध्यक्षमा मुकेश बिडारी चयन भएको मिडिया रिलेशन अफिसर सबिन लामिछानेले जानकारी दिए । लायन्स क्लब अफ तनहुँका निवर्तमान अध्यक्ष ध्रुवराज पण्डितको सभापतित्वमा भएको उक्त कार्यक्रममा लायन्स डिस्ट्रिक्ट ३२५ बी १ का निवर्तमान गर्भनर अशोककुमार श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker