करेन्ट लागेर तनहुँमा तीन जना घाइते
भञ्ज्याङन्यूज

करेन्ट लागेर तनहुँमा आज तीन जना घाइते भएका छन् । चुडिएको बिजुलीका तारका कारण म्याग्दे गाउँपालिका र शुक्लागण्डी नगरपालिकामा गरी तीन जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार म्याग्दे गाउँपालिका-६ मनपाङ काल्टे स्थित विजुलीको तार अचानक चुडिन गई पानीमा करेन्ट प्रवाह हुँदा बाटो हिडिरहेका दुइ जनालाई करेन्ट लागेको थियो ।
म्याग्दे-६ मनपाङ काल्टेकी २५ वर्षीया सुमिना गुरुङ र ५० वर्षीया सिता गैरेलाई करेन्ट लाग्दा घाइते भएका र उनिहरुको पोखारा स्थित जियमसि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिका-६ खैरेनीटार ग्यास्लिङमा सडकमा झरेको तार पन्छाउन खोज्दा करेन्ट लागेर एक वृद्ध घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने ७३ वर्षीय जयराम पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बाटोमा झरेको विजुलीको तार पन्छाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका पाण्डेलाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा प्राथमिक उपचार पश्चात मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ ।










