जंगली च्याउ खाँदा तनहुँमा एक महिलाको मृत्यु

भञ्ज्याङ न्यूज

तनहुँको म्याग्दे गाउँपालिका-३ धयरेका एक महिलाको जंगली च्याउ खाँदा मृत्यु भएको छ । जंगली च्याउ खाएर बिरामी भएकी ४७ वर्षीया सुनिमाया थापाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गत चैत १८ गते जंगलमा च्याउ खोज्न गई घरमा ल्याएर खानासँग तरकारीको रुपमा खाँदा बिरामी भएकी उनको उपचारका लागि चैत्र २० गते दमौली ल्याइएको थियो ।

उनको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि चैत्र २३ गते नयाँ मेडिकल कलेज चितवन लगिएकोमा आइतबार मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले बताएका छन् ।

च्याउ खाएर बिरामी उनलाई दमौली अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएकामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । च्याउ खाँदा स्थानीय दश जना बिरामी भएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker