तनहुँको बन्दिपुर-२ मा स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया

भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुर गाउँपालिका-२ कुकुर्दी आधारभुत स्वास्थ्य केन्द्रमा स्वास्थ्यको अधिकार सम्बन्धी अन्तरक्रिया गरिएको छ । इन्सेक तनहुँले विहीबार गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा लागु गरेको कार्यक्रम र कार्यान्वयको अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम गरेको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराइले स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार भएको हुँदा गाउँपालिकाले पनि नागरिकको स्वास्थ्यको अधिकारलाई प्राथमिकतामा राखेर योजनाहरु बनाएको बताए । भट्टराइले सबै वडाहरुमा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना, स्वास्थ्य केन्द्रहरुमा आवश्यक स्वास्थ्यकर्मीको उपलब्धता, गण्डकी प्रदेशमै विशेषज्ञ सेवा सहितको सरकारी अस्पताल, निशुल्क औषधीहरु पर्याप्त मात्रामा वितरण तथा कोभिड संक्रमतिको उपचारमा जिल्लामै पहिलो पटक आफ्नै आसोसेलेसन सहितको अस्पताल बन्दिपुर गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा गरेको सकारात्मक कार्य भएको बताए ।

जनताले तिरेको करबाट सरकार र स्थानीय तहले प्रत्येक वडामा सरकारी स्वास्थ्य संस्था स्थापना गरेपनि त्यस्ता संस्थामा नागरिकको उपस्थिती निकै कम हुने गरेको उनको भनाई थियो । स्वास्थ्य संस्थामा भएको कमजोरी प्रति गाउँपालिका सचेत भएको भन्दै जिम्मेबार नागरिकले कमीकमजोरीहरु सार्वजानिक स्थानमा भन्नु भन्दा पनि जिम्मेवार प्राप्त व्यक्तिलाई जानकारी गराएमा चाँडै समाधान हुने उनको भनाई थियो । निशुल्क वितरण गर्ने औषधी खरिद प्रक्रियामा रहेको उनले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker