तनहुँको घिरिङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

भञ्ज्याङ न्यूज

तनहुँको घिरिङ गाउँपालिकाले तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगता शुक्रबारदेखी शुरु गरेको छ । तीन दिनसम्म चल्ने प्रतियोगिता गाउँपालिकाको प्राणढमा सञ्चालन गरिएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रन बहादुर रानाले शिक्षा र खेलक्षेत्रलाई संगै जोडर लग्ने सके प्रभावकारी हुने बताए । शिक्षा संगै खेलकुदलाई जोड्दै लग्दा अनुशासित, स्वास्थ्य जनशक्ति उत्पादन हुने अध्यक्ष रानाले बताए ।

खेलका माध्यमबाट राष्ट्रलाई समेत चिनाउन सकिने हुँदा यसको विकास गर्न लागि परेको बताउँदै अध्यक्ष रानाले गाउँ स्तरबाट प्रतियोगितामा सहभागि खेलाडी विद्यार्थीहरुलाई उत्कृष्ट रुपमा खेल खेल्दै जिल्ला स्तरमा आफ्नो पहिचान कायम गर्न आग्रह गरे ।

कार्यक्रममा गाउँ शिक्षा प्रमुख निर्मला कुवँरले यस वर्षविभिन्न कारणले आवश्यक मात्रमा पूर्व अभ्यास गराउन नपाउदै प्रतियोगिता गर्नु परेको बताउँदै आगामि वर्षहरुमा यसलाई थप व्यवस्थित गर्दै लैजाने प्रतिवद्धता जनाए ।

आइतबार सम्म चल्ने प्रतियोगितामा बिभिन्न विद्याका खेलामा विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराइदै छ । भलिबल, छात्राछात्र दुबै समूहका १००, २००, ४०० मिटरको दौड लगायतका प्रतियोगिता सञ्चालन गरिने कार्यक्रम संयोजक ध्रुब सिग्देलले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker