व्यास नगर स्काउटद्वारा भिडभाड हुने स्थलमा सचेतना मूलक पर्चा, पम्प्लेट टाँसियो
भञ्ज्याङ समाचारदाता/दमौली

व्यास नगर स्काउटले बढी भिडभाड हुने सरकारी कार्यालयहरुमा सचेतनामूलक पर्चा, पम्प्लेट टाँसेको छ । स्काउटले जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र व्यास नगरपालिकामा कोरोनबाट बच्ने उपाय बारेका सचेतनामूलक पर्चा, पम्प्लेटहरु टाँसेको हो । स्काउटले पर्चा, पम्प्लेट सहित ती कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुलाई मास्क लगाउन अनुरोध गर्दै मास्क समेत वितरण गरेको व्यास नगर स्काउटका संयोजक पृथ्वी भुजेलले बताए ।
स्काउटमा आवद्ध सरोज लामिछाने, कल्पना घिमिरे, अर्पन श्रेष्ठ, कुशल आले लगायतको टोलीले कोरोना संक्रमणबाट सुरक्षित हुनका लागि मास्कको प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न, भिडभाड नगर्न सर्वसाधारणलाई आग्रह गरेका थिए ।