नेकपा एमालेको दशौं महाधिवेशन चितवनमा हुने

भञ्ज्याङ समाचारदाता/काठमाडौं

नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ सम्म हुने महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको सचिव गोकर्ण विष्टले जानकारी दिए । महाधिवेशनको तयारी गर्न मूल व्यवस्थापन समिति पनि गठन भएको छ । रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन भएको हो । समितिको सदस्यहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराइ, विष्णु रिमाल, काशीनाथ अधिकारी, राजन भट्टराइ, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल रहेका छन् ।

यसबाहेक सातै प्रदेश र सम्पर्क समन्वय कमिटीको प्रतिनिधि मूल व्यवस्थापन समितिमा रहने बैठकले निर्णय गरेको छ । बैठकले बाढी, पहिरो र डुवान प्रभावित क्षेत्रको वडा अधिवेशन र पालिका अधिवेशन सार्ने निर्णय भएको छ ।

तर कात्तिकभित्र सबै वडा र पालिका अधिवेशन गरिसक्ने सचिव प्रदीप ज्ञवालीले बताए । एमालेले कात्तिक ६ मा तोकिएको वडा र कात्तिक ९ मा पालिका अधिवेशन गर्ने तयारी गरेको छ । बैठकले १५-१७ असोजमा भएको विधान महाधिवेशनको समीक्षा पनि गरेको छ । विधान महाधिवेशनले भावनात्मक एकता सिर्जना गरेको र सफल भएको निश्कर्ष निकालेको ज्ञवालीले बताए ।

३१ असोजदेखि परिरहेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुवानबाट पुगेको क्षत्रि्रति दुख व्यक्त गर्ने निर्णय बैठकले गरेको छ । बाढी, पहिरो र डुवानमा परेकाहरुलाई उद्धार, राहत र पुनर्स्थापनामा परिचालित हुन एमालेले कार्यकर्ता पंक्तिलाई निर्देशन एमालेले दिएको छ ।

बैठकले रेडक्रस सोसाइटी र एनआरएनएको गतिविधिमाथि सत्तारुढ पक्षबाट भएको हस्तक्षेपको विरोध जनाएको ज्ञवालीले बताए। अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने भएको छ । भोलिको बैठकमा दश बुँदे कार्यान्वयनमा देखिएको समस्याबारे समेत छलफल गर्ने कार्यसूची छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker