व्यास नगरपालिकाको ३६औं नगरसभा : विधेयक र ऐन पारित, बजेट तथा कार्यक्रम संशोधन
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका चार विधेयक र तीन संशोधन ऐन पारित गरेको छ । नगरपालिकाको ३६औं नगरसभाले स्थानीय बजार व्यवस्थापन विधेयक २०७८, व्यास नगरपालिका सुशासन विधेयक २०७८, खेलकुद विकास विधेयक, २०७८ र कर्मचारी कल्याण कोष सञ्चालन (कार्यविधि) विधेयक २०७८ (पारित) गरेको हो। नगरसभाले आर्थिक ऐन २०७८, विनियोजन ऐन २०७८, व्यास नगरपालिका कर्मचारी सेवा व्यवस्थापन गर्न बनेको ऐन २०७८ -संशोधन) पारित गरेको छ। आ.व. २०७८/०७९ को लागि ३५औं नगर सभामा नगर प्रमुख बैकुण्ठ न्यौपानेबाट प्रस्तुत नीति तथा कार्यक्रम र समिक्षात्मक प्रतिवेदन संशोधन सहित पारित गरेको हो ।
नगरप्रमुख न्यौपानेले चालु आर्थिक वर्षको ६ महिनामा भएको प्रगति विवरण सहितको समिक्षात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए। नगरप्रमुख न्यौपानेका अनुसार चालु आर्थिक वर्षका लागि एक हजार ४७ योजना प्रस्ताव गरिएकामा ७६९ योजना सम्झौता भइ सम्पन्न हुने चरणमा छन् भने २७८ योजना सम्झौता हुन बाँकी रहेको उल्लेख गरिएको छ ।
चालु आर्थिक वर्षमा नगर विकास कोषसँग सम्झौता गरी नगरपालिकाको स्वामित्वमा रहेका जग्गामा पूर्व उत्तरतर्फपुराना भवन हटाइ नयाँ बहुउद्देश्यीय भवन निर्माणको प्रक्रिया अगाडी बढाइएको न्यौपानेले बताएका छन् । पुरानो भवनमा भएका शाखा उपशाखाको व्यवस्थापनका लागि हाल भएको बहुउद्देश्यीय भवनमा चौथो तला थप निर्माण कार्य भइरहेको नगरप्रमुख न्यौपानले बताए ।
यस्तै, व्यास नगरपालिकाले चालु आर्थिक वर्ष०७८/७९ को बजेट तथा कार्यक्रम संशोधन गरेको छ । नगरसभाले बाह्य तथा अन्य आयतर्फविभिन्न निकायबाट प्राप्त हुन आएको थप १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ र सोही रकम बराबर यस अघि विनियोजन गरिएको विभिन्न आय शीर्षकबाट घर्टाई कूल बाहृय तथा अन्य आय एक अर्ब ५७ करोड ३९ लाख १२ हजार रुपैयाँ कायम गरी आन्तरिक, बाहृय र अन्य आय समेत गरी एक अर्ब ७७ करोड ८९ लाख १२ रुपैयाँको संशोधित आय अनुमान कायम गरेको नगरसभामा उपप्रमुख मीरा जोशीले सार्वजनिक गरेकी थिइन् ।
बाहृय तथा अन्य आयमा एक अर्ब ५७ करोड ३९ लाख १२ हजार रुपैयाँ अनुमान गरिएकामा पुस मसान्तसम्म ६६ करोड ६७ लाख ४९ हजार ३५३ रुपैयाँ यथार्थ आय हुन आएको उपप्रमुख जोशीले जानकारी गराइन । साउनदेखि हालसम्म हासिल गरिएको प्रगतिलाई दृष्टिगत गरी आन्तरिक स्रोततर्फसाविकको कूल आन्तरिक आय २० करोड ५० लाख रुपैयाँलाई यथावत राखिएको छ ।
यस्तै, चालु आर्थिक वर्षा लागि १ अर्ब ७७ करोड ८९ लाख १२ हजार रुपैयाँको आय अनुमान गरिएकामा पुस मसान्तसम्म ७५ करोड ७ लाख २२ हजार ३९ रुपैयाँ यथार्थ आय हुन आएको उपप्रमुख जोशीले जानकारी गराइन्। जसमध्ये आन्तरिक स्रोततर्फ२० करोड ५० लाख रुपैयाँ अनुमान गरिएकामा पुस मसान्तसम्म आठ करोड ३९ लाख ७२ हजार ६८६ रुपैयाँ यथार्थ आम्दानी भएको देखाइएको छ ।
३५औं नगरसभाबाट खर्चतर्फएक अर्ब ७७ करोड ८९ लाख १२ हजार रुपैयाँ विनियोजन गरिएको थियो । त्यसमध्ये चालुतर्फ१ अर्ब २ करोड ९४ लाख १२ हजार रुपैयाँ अनुमान गरिएकामा पुस मसान्तसम्म ३४ करोड ३९ लाख ९८ हजार ५९० रुपैयाँ यथार्थ खर्च भएको भनिएको छ । पुँजीगततर्फ७४ करोड ९५ लाख रुपैयाँ विनियोजन गरिएकामा पुस मसान्तसम्म १३ करोड ३६ लाख २१ हजार ८३६ रुपैयाँ खर्च भएको जनाइएको छ। यस अवधिमा चालु र पुँजीगत गरी ४७ करोड ७६ लाख २० हजार ४२६ खर्च भएको उपप्रमुख जोशीले नगरसभामा जानकारी गराएकी छन्।
साउनदेखि हालसम्मको प्रगति र बाँकी अवधिको सम्भावित खर्चलाई मध्यनजर गर्दा चालु खर्चतर्फविभिन्न शीर्षकहरुमा साविकको व्यय अनुमानमा ४१ लाख ९४ हजार रुपैयाँ थप गर्ने गरी कुल खर्च १ अर्ब ३ करोड ३६ लाख ६ हजार रुपैयाँको संशोधित अनुमान गरिएको छ भने पुँजीगत खर्चतर्फविभिन्न कार्यक्रमहरुमा खर्च हुने गरी साविकको व्यय अनुमानमा ४१ लाख ९४ हजार रुपैयाँ घर्टाई कूल व्यय अनुमान ७४ करोड ५३ लाख ६ हजार रुपैयाँ संशोधित अनुमान कायम गरिएको छ ।










