न्यौपाने, गौली र थापा सदस्यमा मनोनित

तनहुँको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, भानु नगरपालिकाका प्रमुख उदयराज गौली र आँवुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा गण्डकी प्रदेश साक्षर घोषणा समितिको मूल समारोह समितिको सदस्यमा मनोनित भएका छन् ।
प्रदेशका शिक्षा, संसकृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले न्यौपाने, गौली र थापालाई मूल समारोह समितिको सदस्यमा मनोनित गरेको हो । समितिको मूल संयोजक मन्त्री मेखलाल श्रेष्ठ छन्। प्रदेशको भदौ ३० को बैठक अनुसार प्रदेशलाई साक्षर घोषणा गर्ने कार्यक्रम रहेको छ ।










