व्यासका दलितलाई वैदिक कर्मकाण्ड तालिम

वैदिक ज्ञानको सारलाई व्यापक गरी सनातन हिन्दु धर्मको रक्षा गर्न व्यास नगरक्षेत्रका दलित समुदायका पुरोहितलाई वैदिक कर्मकाण्ड तालिम प्रदान गरिएको छ । व्यास नगरपालिका वडा नं. २ दमौली स्थित परिवर्तनका लागि मिडिया र व्यास नगरपालिकाको सहयोगमा मंगलबारदेखि सुरु साताव्यापी तालिममा वैदिक कर्मकाण्ड, शास्त्रिय पद्धति र संस्कृतिको बारेमा जानकारी गराइने आयोजकले जनाएको छ । गत बर्ष प्रारम्भिक तालिम पाएका दलितले कर्मकाण्डलाई नै व्यवसाय बनाएको पाईएपछि व्यास नगरपालिकाको कार्यालयले उनीहरुलाई नै दोस्रो चरणको तालिम प्रदान गरेको हो ।

वैदिक ज्ञानलाई दलित पुरोहितमाझ पुर्‍याई मानव धर्मको रक्षा गर्न व्यास नगरपालिका अग्रसर रहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । कुनै पनि धर्मले जातीय विभेद र छुवाछुतलाई प्रोत्साहन नगरेपनि हिन्दु धर्मका पण्डितहरुबाट दलितहरुलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन नसक्दा अन्य धर्मप्रति दलितहरुको आकर्षण बढ्दै गएको नगरप्रमुख न्यौपानेको भनाई छ । ‘हिन्दु धर्मगुरुहरुबाट दलितलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन नसक्दा अन्य धर्मप्रति दलितहरुको आकर्षा बढ्दो छ’, नगरप्रमुख न्यौपानेले भने, ‘समयमै त्यसलाई सच्याएर अघि बढ्ने कार्यमा वैदिक धर्मगुरुहरु अग्रसर हुन आवश्यक छ ।’

व्यास नगरपालिका सबै जातजाति र धर्मावलम्वीहरुको साझा स्थल भएकोले आफूहरुले कुनै पनि नागरिक अन्यायमा पर्न नहुनेतर्फ सचेत भएको समेत नगरप्रमुख न्यौपानेले बताए । जातिय विभेद र छुवाछुत उन्मुलन भईसक्दा समेत जातीय छुवाछुतको कुरा गर्नु दुःखद् भएको व्यास नगर कार्यपालिका सदस्य चन्द्रमाया परियारले बताईन् । हरेक क्षेत्रबाट दलितहरु पछि परेकोले उत्थानको लागि विशेष कार्यक्रम लागु गर्नुपर्नेमा परियारले जोड दिईन् । जातीय आधारमा अझैपनि दलितहरुमाथि गैरदलितबाट चरम शोषण हुने कार्य लोकतान्त्रिक समाजमा नसुहाउने व्यास नगरपालिकाकाका दलित अगुवा कृष्ण रुचालले बताए ।

व्यास नगरपालिकाको कार्यालयबाट दलित हक र अधिकारको क्षेत्रमा सकारात्मक कार्य भएपनि आवश्यक प्रचारप्रसार हुन नसकेको दलित अगुवा रुचालको भनाई थियो । वैदिक ज्ञानलाई व्यहारमा पालना गरी सनातन धर्म रक्षाको लागि दलित पुरोहितहरु संगठित हुनु रचनात्मक भएको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य तथा दलित पत्रकार संघ नेपाल तनहुँका अध्यक्ष सन्त नेपालीले बताए । समाज विकासको लागि सबै जातजातिको समान योगदान भएपनि विगतमा राज्यले कानुन बनाएरै दलितमाथि चरम शोषण गरेकोप्रति दलित पत्रकार संघ गण्डकी प्रदेशका उपाध्यक्ष पूर्ण विकेले खेद व्यक्त गरे । व्यास नगरपालिका क्षेत्रका दलितहरुले वैदिक ज्ञान आर्जन गर्न अग्रसर हुनु सकारात्मक भएको समेत विकेले बताए ।

तालिमको पहिलो दिन वैदिक पुरोहित समाज तनहुँका निवर्तमान सचिव विजयराज भट्टराइले मानिस जन्मेदेखि मृत्युसम्म वैदिक धर्मभित्र रहेका सोह्र संस्कारको बारेमा जानकारी गराएका थिए । कुनैपनि ग्रन्थमा छुवाछुत नभएकोले कसैले जातीय आधारमा छुवाछुत र विभेद गर्न नहुने प्रशिक्षक भट्टराइले बताए। गत बर्ष आफूहरुले प्राप्त गरेको वैदिक कर्मकाण्डका कारण आफूहरु कर्मकाण्ड कर्ममा संलग्न रहँदै आएको सहभागी दलित पुरोहितहरु व्यास १ का अर्जुन सुनार र व्यास ८ का काजी परियारले व्यास नगरपालिकाको कार्यालयलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker