तनहुँमा २ लाख ४४ हजार ३४० मतदाता, महिला मतदाताको संख्या १० हजार बढी

भञ्ज्याङ समाचारदाता/दमौली

आगामि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तनहुँमा २ लाख ४४ हजार ३४० जना मतदाता रहेको अन्तिम मतदाता संख्याको विवरण सार्वजनिक गरिएको छ । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसारमा जिल्लाको १० वटै पालिकामा १ लाख २७ हजार २०६ महिला र १ लाख १७ हजार १३४ पुरुष मतदाता रहेका छन् ।

जिल्लामा पुरुष भन्दा महिला मतदाताको संख्या १० हजार ७२ बढि रहेको छ । निर्वाचन कार्यालयले जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका १३६ मतदात स्थलमा २९७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले बताए ।

जिल्लाका दश स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता व्यास नगरपालिकामा ४७ हजार ५४२ र सबैभन्दा कम देवघाट गाउँपालिकामा १२ हजार ८१५ रहेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार व्यास नगरपालिकामा पुरुष २२ हजार ४१३ र २५ हजार १२९ महिला मतदाता गरी कुल ४७ हजार ५४२, भानु नगरपालिकामा १९ हजार ५४४ पुरुष र २० हजार ९५२ गरी ४० हजार ४९६ मतदाता रहेका छन् ।

शुक्लागण्डकी नगरपालिकामा ३८ हजार ३१५ मतदातामध्ये १८ हजार ५० पुरुष र २० हजार २६५ महिला मतदाता छन भने भिमाद नगरपालिकामा २४ हजार ८८४ मतदातामध्ये ११ हजार ८९९ पुरुष र १२ हजार ९८५ महिला मतदाता रहेका छन् ।

त्यस्तै, म्याग्दे गाउँपालिकामा ८ हजार ५७९ पुरुष र ९ हजार ५२६ महिला मतदाता गरी १८ हजार १०५, बन्दिपुर गाउँपालिकामा ७ हजार ५६४ पुरुष, ८ हजार ७४ महिला मतदाता गरी १५ हजार ६३८, देवघाट गाउँपालिकामा ६ हजार ३७५ पुरुष र ६ हजार ४४० महिला गरी १२ हजार ८१५, घिरिङ गाउपालिकामा ७ हजार ११७ पुरुष र ७ हजार ५५९ महिला गरी १४ हजार ६७६, ऋषिङ गाउँपालिकामा ८ हजार ९५१ पुरुष र ९ हजार २८७ महिला गरी १८ हजार २३८ मतदाता छन् भने आबुखैरेनी गाउँपालिकामा ६ हजार ६४२ पुरुष र ६ हजार ९८९ महिला गरी १३ हजार ६३१ जना मतदाता रहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker