तनहुँका १३ वर्ष मुनिका फुटबल खेलाडी छनौट गरिने

- भञ्ज्याङ समाचारदाता (दमौली)
अखिल नेपाल फुबल संघ (एन्फा)ले तनहुँका १३ वर्ष मुनिका खेलाडी छनौट गर्ने भएको छ । यही माघ २४ गते व्यास नगरपालिका-१ हाइस्कुलटार स्थित निर्मल माविको प्राङ्गणमा खेलाडी छनौट गरिने गण्डकी प्रदेशका महिला प्रशिक्षक सोम थापा मगरले बताए । अखिल नेपाल फुटबल संघले २०७८ सालदेखि क्लबहरुसँग सहकार्य गरी एकेडेमी संचालन गर्ने भएकाले १३ वर्षभन्दा कम उमेरका खेलाडी छनौट गर्न लागेको उनले बताए ।
योग्यता पुगेका इच्छुक खेलाडीहरुलाई सहभागिताका लागि आग्रह गरिएको अखिल नेपाल फुटबल संघले जनाएको छ । सहभागी हुन चाहने खेलाडीहरुको जन्म मिति २०६५ असोज १५ देखि २०६६ असोज १४ गतेको बिचमा हुनुपर्ने, खेलाडीले आफ्नो नाम दर्ता गर्दा अनिवार्य रुपमा आफ्नो जन्मदर्ताको प्रमाणपत्र पेश गर्नुपर्ने बताइएको छ । खेलाडी छनोट कार्य माघ मसान्तभित्रमा सम्पन्न गरिने र सशस्त्र प्रहरी, बल नेपाली सेना र नेपाल प्रहरीले एकेडेमी संचालन गर्न लागेकाले जिल्ला जिल्लामा अण्डर १३ का खेलाडी छनोट कार्यलाई अगाडि बढाइएको बताइएको छ ।










