व्यासको २५ प्रतिशतमात्रै पुँजीगत बजेट खर्च, असार १५ गते गजौडेमा धान दिवस कार्यक्रम

दमौली : तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा विकास बजेटतर्फ २५ प्रतिशतमात्रै खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को जेठ मसान्तसम्म पुँजीगततर्फ २५ प्रतिशतमात्रै बजेट खर्च भएको बुधबार बसेको नगरकार्यपालिका बैठकमा जानकारी गराइएको थियो ।
संघीय बजेट अन्तर्गत ठेक्कामा लगाइएका ठूला योजनाहरुमा निर्माण व्यवसायीको कारणले ढिलाइ भएकाले पुँजीगत प्रगति कमजोर रहेको नगरपालिकाका प्रवक्ता सुरेश थापाले जानकारी दिए । चालुतर्फ भने ७५ प्रतिशत बजेट खर्च भएको छ ।
चालु आर्थिक वर्षका लागि नगरपालिको आयव्यय २ अर्ब १० करोड ३५ लाख ४३ हजार रुपैयाँ अनुमान गरिएकामा ५६ प्रतिशत मात्रै आय प्राप्त भएको उनले जानकारी गराए । उनले भने, ‘ठेक्का लगाइएका योजनामा निर्माण व्यवसायीको ढिलासुस्तीले पुँजीगत खर्च कम देखिएको छ। त्यसबारेमा कार्यपालिकाको बैठकमा छलफल गरी कार्यप्रगति बढाउन सम्बन्धितलाई निर्देशन दिइएको छ ।’
यस्तै नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले आगामि असार १० गते ४३औं नगरसभा बस्ने गरी प्रकाशित कार्यसूचीलाई अनुमोदन गर्ने निर्णय गरेको छ । नगरपालिकाको ४३औं नगरसभामा प्रस्तुत गर्ने प्रस्तावित नीति कार्यक्रमको बुँदागत छलफल गरी संशोधन सहित पारित गरिने निर्णय भएको प्रवक्ता थापाले जानकारी गराए ।
नगरसभामा प्रस्तुत गरिने नगरपालिकालाई प्राप्त हुने बजेट कार्यक्रमको संघ, प्रदेश समानीकरण, राजस्व बाँडफाँड, सशर्त (चालु, पूँजीगत) र शहरी विकास मन्त्रालयबाट कार्यन्वयन हुने योजनाहरू सम्बन्धमा जानकारी लिई अन्तिम प्रस्ताव तयार गर्न असार ८ गते पुनः बैठक बस्ने निर्णय गरिएको छ ।
बैठकले नगर युवा परिषद्का लागि दरखास्त आव्हान गरेकामा ४६ जनाको दरखास्त पर्न आएको र प्रक्रिया नमिलेका ६ वटा फर्म रद्ध गरी ४० जनाको नाम अनुमोदन गरेको छ ।
बैठकले असार १५ गते वडा नं. ९ को गजौडेमा सरोकारवाला निकाय तथा संघ संस्थाको सहकार्यमा धान दिवस कार्यक्रम गर्ने निर्णय गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker