शैक्षिक गुणस्तर सुधारका लागि भानुमा विद्यालय अनुगमन तथा सुपरिवेक्षण

भञ्ज्याङ समाचारदाता/भानु

भानु नगरपालिकाको शिक्षा शाखाले सामुदायिक विद्यालयको स्थलगत सुपरिवेक्षण गरी सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम अगाडि बढाएको छ ।

कार्यक्रम अनुसार विहीबार वडा नं. ४ चुँदीगाउँ स्थित श्री भानु संस्कृत माध्यमिक विद्यालयको स्थलगत सुपरिवेक्षण गरी सरोकारवालाहरूसँग अन्तरक्रिया गरेको छ । शिक्षण सिकाइ क्रियाकलापको सुदृढीकरण तथा शैक्षिक गुणस्तर अभिवृद्धिलाई लक्षित गरी सुपरिवेक्षण कार्यक्रम सञ्चालन गरिएको नगर शिक्षा अधिकारी ध्रुवराज पौडेल बताए ।

नगर शिक्षा शाखाले विहीबार भानु संस्कृत माविमा गरेको सुपरिवेक्षणका क्रममा विद्यालयको कक्षा १० का विद्यार्थीसँग अन्तरक्रिया गरी विद्यालयमा उपलब्ध सेवा सुविधाहरू, त्यसमा विद्यार्थीको पहुँच, शिक्षक कर्मचारीको व्यवहार, पठनपाठनको नियमितता, गृहकार्य, अतिरिक्त क्रियाकलाप, शिक्षणमा विद्यार्थीको सन्तुष्टि र उनीहरूको अपेक्षा बारे जानकारी लिइएको शिक्षा अधिकारी पौडेलले जानकारी गराए ।

यस्तै, कक्षा ४ को विज्ञान, ५ को अंग्रेजी, ६ को सामाजिक, ७ को संस्कृत व्याकरण, ८ को अंग्रेजी र ९ को गणित विषयको कक्षा अवलोकन पश्चात विद्यालयको भौतिक पक्ष (फर्निचर, शौचालय, खानेपानी, कार्यालय व्यवस्थापन, पापुको उपलब्धता, सेनिटरी प्याड, दिवा खाजाको व्यवस्थापन आदि)को अवलोकन र जानकारी समेत लिइएको थियो ।

सुपरिवेक्षण टोलीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठ, विद्यालयका शिक्षक तथा कर्मचारीसंग अन्तरक्रिया गरेको थियो । अन्तरक्रियामा कक्षा १० का विद्यार्थीसँगको अन्तरक्रियामा प्राप्त विद्यालयका सकारात्मक र सुधार गर्नुपर्ने पक्षहरू, शिक्षकहरूको कक्षा अवलोकनका क्रममा देखिएका राम्रा पक्षहरू र सुधार गर्नुपर्ने कुराहरू, विद्यालय र शिक्षकहरूले तत्काल सुधार गर्नुपर्ने विषयका सम्बन्धमा विद्यालय प्रशासन र व्यवस्थापन समितिको ध्यानाकर्षण, विद्यालय र शिक्षक वर्गले भानु नगरपालिका तथा शिक्षा, युवा तथा खेलकुद शाखाबाट राखेको अपेक्षा र सुझावका विषयमा अन्तरक्रिया गरिएको नगर शिक्षा अधिकारी पौडेलले बताए ।

नगरपालिका सधैं शैक्षिक सुधारको पक्षमा रहेको र सामुदायिक विद्यालय सुधार तथा शैक्षिक गुणस्तर अभिवृद्धिको अभियानलाई निरन्तर अघि बढाउने लक्ष्यका साथ सुपरिवेक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker