कालीगण्डकी नदी प्रभावित क्षेत्रका विषयमा छलफल

प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेश पोखराले देवघाट गाउँपालिकामा सोमबार आयोजना गरेको कालीगण्डकी नदी प्रभावित क्षेत्र विषयक छलफल कार्यक्रमका सहभागिहरु । सहभागिहरु बीच श्री कृष्णागण्डकी नदी (कालीगण्डकी नदी) तथा यसको प्रभावित क्षेत्रको विकासका निमित्त विगतमा भएका अध्ययन अनुसन्धानको विश्लेषण, जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका कारण यस क्षेत्रको बसोबास, खेती प्रणाली, जीविकोपार्जनमा पारेको प्रभाव, ऐतिहासिक तथा साँस्कृतिक सम्पदाहरुको संरक्षण, विकास र लाभदायक उपयोग लगायत प्रदेशको समृद्धिमा सहयोग पुर्याउन सक्ने उपायहरुका विषयमा छलफल तथा सुझाव संकलन गरिएको थियो । तस्विर : भञ्ज्याङ










