एमाले तनहुँको उम्मेदवारी मनोनयन सोमबार १२ बजेपछि

भञ्ज्याङ समाचारदाता/दमौली

आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले तनहुँले वैशाख १२ गते दिउँसो १२ बजेपछि उम्मेदवारी मनोनयन दर्ता गराउने भएको छ । उम्मेदवार नटुङ्गएिकाले एमालेले वैशाख १२ गते सबै पालिकामा उम्मेदवारी दर्ता गराउने तयारी गरेको हो ।

स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ । एमाले तनहुँका उपसचिव खिम कुमालले उम्मेदवार टुंग्याउन घनिभूत छलफल भइरहेको बताएका छन् ।

यस्तै, नेकपा (एमाले)ले गण्डकी प्रदेशको शुक्रबार बसेको प्रदेश सचिवालय बैठकले तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्षको मात्रै टुंगो लगाएको छ । एमालेले आँबुखैरेनीमा ऋषि केसीलाई अध्यक्षको उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker