सिलिण्डर पडि्कएर आगलागी हुँदा एक बालिकाको घट्नास्थलमै मृत्यु

भञ्ज्याङ न्यूज

सिलिण्डर पडि्कएर आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ । तनहुँको भिमाद नगरपालिका-९ च्यानडाँडामा शुक्रबार राती ७ बजेको समयमा ग्यास सिलिण्डर पड्की घरमा आगलागी हुँदा ११ वर्षीया सुवेक्षा केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

भिमाद-९ का शिवनारायण केसीको टिनले छाएको दुइ तले घरमा ग्यास सिलिण्डर पडि्कएर आगलागी हुँदा निजकी छोरीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी गराए ।

आगलागीबाट घरमा क्षति पुगेको छ । घरको तल्लो तल्लामा किराना पसल समेत सञ्चालन गरिएकामा पसलका सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ । स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker