दमौलीका नौ सहकारीका पदाधिकारी र कर्मचारीलाई सहकारी शिक्षा

भञ्ज्याङ न्यूज

संघीय राज्यको अवधारणा अनुसार सहकारीलाई चुस्त, दुरुस्त र समयसापेक्ष बनाउन दमौली बजार क्षेत्रका ९ वटा सहकारीका पदाधिकारी र कर्मचारीलाई शनिबार दमौलीमा सहकारी शिक्षा तालिम प्रदान गरिएको छ ।

व्यास-२ दमौलीस्थित उद्यमशिल बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा आयोजित तालिममा सहकारी संचालक समिति र कर्मचारीहरुको भुमिका लगायतको विषयमा नेफ्स्कुनका प्रशिक्षक सूर्यप्रसाद तिमल्सिनाले सहजिकरण गरेका थिए ।

दमौलीस्थित एशियन उपभोक्ता सहकारी, शुभश्री बचत तथा ऋण सहकारी, माछापुच्छ्रे बचत तथा ऋण सहकारी, शिवार्पण बचत तथा ऋण सहकारी, कृष्णदेव बचत तथा ऋण सहकारी, महिला सिप जागरण सहकारी, सहारा कृषि सहकारी र श्रमिक बचत तथा ऋण सहकारी र उद्यममशील बचत तथा ऋण सहकारी उक्त तालिममा सहभागिता रहेको तालिम संयोजक आशकाजि श्रेष्ठले जानकारी गराए।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker