बस्ती जोगाउन मादी नदी किनारमा पर्खाल लगाउन सुरु

भञ्ज्याङ न्यूज

गत वर्षभदौमा मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका-५ पाटनका करिब छ सय ६३ घरधुरी जोखिममा परेपछि त्यसको संरक्षणका लागि ग्याबिन पर्खाल लगाउन सुरु गरिएको छ ।

नगरपालिकाको पहलमा गण्डकी प्रदेश सरकारको रु दुइ करोड ५० लाखको लागतमा ग्याबिन पर्खाल लगाउन थालिएको हो । व्यास-५ को पाटनमा एक सय दुइ मिटर र व्यास-३ को भतेरीमा २५८ मिटर लामो ग्याबिन पर्खाल लगाएर संरक्षण गर्न उक्त बजेट विनियोजन गरिएको मादी तटबन्धन निर्माण समितिका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताए ।

व्यास-५ पाटनका ६६३ र व्यास व्यास-३ का चार सय घर गरी करिब एक हजार एक सय घर नदी कटानको जोखिममा रहँदै आएका थिए। पाटनतर्फतीन सय मिटरमा ग्याबिन पर्खाल लगाउने योजना भए पनि पहिलो चरणमा १०२ मिटरमा पर्खाल लगाउने प्रक्रिया अघि बढाइएको उनले बताए ।

नदी कटानका कारण पाटन र तल्लो पाटन क्षेत्रका करिब एक दर्जन संघसंस्थाका भौतिक संरचनासमेत धरापमा पर्ने देखिएका थिए । मादीले करिब ३० मिटर क्षेत्र कटान गरी नदी किनारमा लगाइएका बाँसका गाँजसमेत ढालेर बस्तीतर्फमोडिएपछि उच्च जोखिममा परेको टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए ।

वैशाखमा टेण्डर भए पनि वर्षायाम सुरु भएकाले अहिले आएर निर्माण कार्य सुरुआत गरिएको हो । दुइ महिनाभित्र निर्माण काम सम्पन्न गर्नेगरी एमआर एण्ड गु्रप प्रालीले निर्माणको जिम्मा पाएको छ ।

नदी बस्तीतर्फसोझिएपछि उच्च जोखिममा रहेका बस्तीका मानिस रातभर जाग्राम बसेर कटाउनुपरेको उनको गुनासो थियो। अध्यक्ष श्रेष्ठका अनुसार वृद्धाश्रम, भजनकीर्तन समितिको भवन, गुरुकूल आश्रम, पाटन खेलकुद मैदान, पाटन परासर पार्क, भूपू भवन, सामुदायिक भवन, परासर माध्यमिक विद्यालयलगायत क्षति हुने देखिएको छ ।

तल्लो पाटनमा मगर, गिरी बस्ती, विद्यालय क्षेत्रमा सबै मिश्रति जातजाति र झोलुङ्गे पुल आसपास क्षेत्रमा नेवार समुदायका मानिसको बसोबास छ । नगरपालिकाले मादी नदीले कटान गरी जोखिम बनाएको पाटन, दमौली, सिसाघाट बजार, कलेस्ती बजार, गौ संरक्षण क्षेत्रलाई संरक्षण गर्न संघ सरकारबाट बजेट विनियोजन गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

गत वर्ष रु पाँच करोड र यस वर्ष रु २९ करोड बजेट विनियोजन गरिएको छ । उनले भने, “बर्सेनि नदी कटानबाट जोखिममा बसोबास गर्दै आएका बासिन्दालाई सुरक्षित गर्न नगरपालिकाबाट पहलकदमी भइरहेको छ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker