तनहुँ कारागारका महिला कैदीबन्दीलाई सेनिटरी प्याड
भञ्ज्याङ समाचारदाता/दमौली

जिल्ला कारागार तनहुँमा रहेका महिला कैदीबन्दीहरुलाई सेनिटरी प्याड सहयोग गरिएको छ । महिला मानव अधिकार रक्षक सञ्जाल तनहुँले शनिबार सेनिटरी प्याड, डाइपर सहयोग गरेको हो ।
कारागारका कैदीबन्दी महिलाहरुले सेनिटरी प्याड अभाव झेल्नुपरेको समाचार सार्वजनिक भएपछि सञ्जालमा आवद्ध सदस्यहरुले व्यक्तिगत रुपमा रकम संकलन गरी प्याड सहयोग गरिएको सञ्जालकी बसुन्धरा घर्तीले बताइन् ।
जिल्ला कारागार तनहुँमा गत फागुन महिनादेखि महिला कैदीबन्दि राख्न सुरु गरिएको छ । करिव २० वेड क्षमता रहेको कारागारमा तनहुँ, गोरखा र रुपन्देहीका १२ जना महिला कैदीबन्दि राखिएको कारागार प्रशासनले जनाएको छ ।