पूर्कोट सेवा समाजद्वारा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत

भञ्ज्याङ समाचारदाता/भानु

पूर्कोट सेवा समाजले भानु नगरपालिका वडा नं. ८, ९ र १० का विद्यालयका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गरेको छ । समाजले यसइइ परीक्षा २०७९ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद सहित प्रशंसा-पत्रबाट सम्मान गरेको हो ।

समाजले तीनवटै वडाहरूमा रहेका पाँचवटा विद्यालयका दलित समुदायका उत्कृष्ट विद्यार्थी १ जना र उत्कृष्ट छात्रा १ जना गरी ७ जना विद्यार्थीलाई सम्मान गरेको छ । त्यसैगरी एशियन चित्रकला डायरी प्रतियोगितामा उत्कृष्ट (प्रथम) हुने निर्जला आविका विनायक नेपालीलाई पनि सम्मान गरिएको छ ।

भानुका नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले पुरस्कार प्रदान गर्दै शैक्षिक क्षेत्रमा राम्रो नतिजा ल्याउने विद्यार्थीलाई सम्मान र हौसला बढाइ अझ राम्रो गर्नका लागि प्रेरणा जगाउने बताए । उनले भने, ‘पूर्कोट सेवा समाजले सेवाक्षेत्रका विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरी शैक्षिक उन्नयनमा टेवा पुर्‍याउनुका साथै समाजले विपद व्यवस्थापन र सामाजिक सेवाको क्षेत्रमा पनि अनुकरणीय कार्य गरेको छ ।’

पुर्कोट क्षेत्रबाट वैदेशिक रोजगारमा गएका युवाहरूबाट संकलन गरिएको ७ लाख रुपैयाँको कोषबाट शुरू गरिएको सामाजिक अभियान हाल शिक्षा, स्वास्थ्य, विपद, एम्बुलेन्स सेवा तथा अन्य विभिन्न सामाजिक कार्यक्रममा सहयोग पुर्याउँदै आएको समाजका अध्यक्ष बासुराज कडरियाले बताए ।

समाजका अध्यक्ष बासुराज कडरियाको अध्यक्षता आयोजित पुरस्कार वितरण कार्यक्रममा भानु-९ का वडाध्यक्ष मीनबहादुर गुरूङ, कर्मदा माविका सहायक प्रधानाध्यापक तथा समाजका आजीवन सदस्य रिदय भट्ट लगायतको उपस्थिति रहेको थिया ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker