देवघाटका भूमिहीनलाई जग्गा उपलब्ध गराउने तयारी

दमौली : तनहुँको देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका १४ भूमिहीन दलित तथा सुकुमवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

जिल्ला भूमि समस्या समाधान समिति तनहुँले उनीहरुलाई जग्गा उपलब्ध गराउने उद्देश्यका साथ सोमबार लाभग्राहीको अवस्थाबारे स्थलगत निरीक्षण गरेको थियो ।

समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी नेतृत्वको टोलीले देवघाट गाउँपालिका–१ मा रहेका १४ जना लाभग्राहीको घरजग्गामा पुगेर उनीहरूको वास्तविक अवस्थाबारे जानकारी लिएको हो । टोलीमा समितिका पदाधिकारीका साथै देवघाट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको सहभागिता थियो ।

कानुनी व्यवस्था अनुसार, गाउँपालिकाबाट सिफारिस भई आएका आवेदकको दाबी, विरोध तथा संशोधनका लागि समितिले यसअघि नै सातदिने सार्वजनिक सूचना जारी गरिसकेको थियो । समितिका अध्यक्ष तिवारीले स्थलगत अध्ययन सम्पन्न भएकाले अब लाभग्राहीले चाँडै जग्गा प्राप्त गर्ने जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker