भानु मयाँखुस्थित राष्ट्रिय माविले ६१औं वार्षिकोत्सव मनायो

तनहुँको भानु नगरपालिका-११ मयाँखुस्थित राष्ट्रिय माध्यमिक विद्यालयले विविध कार्यक्रम गरी ६१औं वार्षिकोत्सव तथा २५औं अभिभावक दिवस मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय थापाको अध्यक्षतामा आयोजित वार्षिकोत्सव समारोहको भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले उद्घाटन गरेका थिए ।
वार्षिकोत्सव समारोहमा नगर शिक्षा अधिकारी ध्रुवराज पौडेल, साहित्यकार डिल्लीराम मिश्र तथा सामाजिक विकास समितिका संयोजक हरिहर उप्रेती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा प्रधानाध्यापक देवेन्द्र थापाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा विद्यार्थीको पिटी प्रदर्शन, विद्यार्थीहरूबाट गीत तथा नृत्य प्रस्तुति, विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान, अक्षयकोष दाताहरूद्वारा पुरस्कार वितरण, विव्यसका पुर्व अध्यक्ष लगागयत पदाधिकारीलाई सम्मान, उत्कृष्ट अभिभावक सम्मान, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी पुरष्कृत लगायतका कार्यक्रम गरिएको थियो ।










