अपाङ्गता भएकाको आर्थिक सशक्तिकरणमा ध्यान दिनुपर्छ : उपप्रमुख दरै

भञ्ज्याङ समाचारदाता/दमौली

व्यास नगरपालिकाकी उपप्रमुख एवं अपाङ्गता समन्वय समितिका संयोजक इन्दिरा दरैले अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरणको पक्षमा सबैले ध्यान दिनुपर्ने बताएकी छन् ।

अपाङ्गता भएका व्यक्तिहरुद्वारा स्थापित सहृदयी मञ्च तनहुँ नेपाल र स्वाबलम्वन जीवन पद्दति केन्द्र पोखराको संयुक्त आयोजनामा लैङ्गगि हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत अपाङ्गता सम्बन्धी समसामयिक विषयमा आयोजित छलफल कार्यक्रम उपप्रमुख दरैले नगरपालिका अपाङ्गता भएका व्यक्तिहरुको पक्षमा सधैं सकारात्मक भएको बताइन् ।

उनले अबका दिनमा अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरणको लागि सीपमूलक कार्यक्रमहरु सञ्चालन गर्नु आफ्नो पक्षबाट पहल गर्ने प्रतिवद्धता जनाएकी छन् ।

संस्थाको अध्यक्ष सावित्री सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिक्रम सुवेदी, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख शंखरबाबु अधिकारी, व्यास नगरपालिका महिला, बालबालिका तथा समाजकल्याण उपशाखाको प्रमुख राधा आचार्य, म्याग्दे गाउँपालिका महिला, बालबालिका तथा समाजकल्याण शाखाको प्रमुख शारदा पौडेल, राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष अन्जना के.सी, स्वाबलम्बन जीवन पद्दति केन्द्र पोखराको अध्यक्ष हेम गुरुङ्ग, अपाङ्गता अधिकारकर्मी मदन पौडेल, रिसेडका उपाध्यक्षर् इश्वर बास्तोला लगायतले आ-आफ्ना विचार व्यक्त गरेको मञ्चका सचिव कृष्ण थापाले बताइन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker