प्रतिनिधिसभा सदस्य निर्वाचन : तनहुँ–२ मा रास्वपाको अग्रता

तनहुँ : प्रनिधिसभा सदस्य चयनका लागि विहीबार सम्पन्न निर्वाचनको मतगणना कार्य जारी छ । तनहुँ निर्वाचन क्षेत्र नं. २ मा आज दिउँसो ११ बजेबाट मतगणना कार्य सुरु भएको छ ।
३ हजार २९० मत गणना हुँदा तनहुँ–२ मा पनि रास्वपाले अग्रता लिइरहेको छ । सार्वजनिक पछिल्लो मतपरिणम अनुसार रास्वपाका श्रीराम न्यौपाने (घण्टी)ले १४८८ मत प्राप्त गरेका छन् ।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार शंकर भण्डारी (रुख) ९५८, नेपाली कम्युनिष्ट पार्टी (तारा) का सोमबहादुर थापाले १७० र नेकपा (एमाले) का केदार सिग्देल (सूर्य)ले २२१, हलोले २८, कुखुराको भाले ७०, घर ५ मत प्राप्त गरेका छन् ।
तनहुँ–२ मा कूल १ लाख २७ हजार ५१५ मतदाता रहेकोमा ६३ हजार १८६ मत खसेको छ । यो निर्वाचन क्षेत्रमा ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धी छन् ।










