रोजगारी सिर्जना गर्न विदेशबाट फर्किएकाको तथ्याङ्क संकलन गर्दै बन्दिपुर गाउँपालिका

भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुर गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्किएकाको तथ्याङ्क संकलन गर्न थालेको छ । वैदेशिक रोजगारी रहँदा आर्जन गरेको सीप र अनुभवको प्रयोग गरी देश भित्रै रोजगारीका अवसरहरू सिर्जना गर्नका लागि विदेशबाट फर्किएका व्यक्तिहरूको तथ्याङ्क संकलन गरिएको गाउँपालिकाले जनाएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई नजिकको वडा कार्यालय वा रोजगार सेवा केन्द्रमा गएर आफ्नो विवरण टिपाउन पनि पालिकाले अनुरोध गरेको छ । यसका साथै वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूले फोनबाट समेत आफ्नो अनुभव टिपाउन सक्नेछन् । आफ्नो विवरण टिपाउन गाउँपालिकामा ०६५५२०१२३ वा ९८५६०६७८२५ नम्बर सम्पर्क गर्न सकिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker