जिल्ला समन्वय समितिले बहुउद्देश्यीय भवन निर्माण गर्ने

भञ्ज्याङ समाचारदाता/दमौली

जिल्ला समन्वय समिति तनहुँले बहुउद्देश्यीय भवन निर्माण सुरु गरेको छ । समन्वय समितिको मौज्दात कोषबाट बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको हो । व्यास नगरपालिका-३ स्थित मालपोत कार्यालय आडमा रहेको समन्वय समितिको जग्गामा ट्रस भवन निर्माण थालिएको हो । उक्त भवनको बुधबार समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

व्यावसायिक प्रयोजनका लागि समन्वय समितिले भवन निर्माण सुरु गरेको समन्वय समितिका प्रवक्ता गलबहादुर गुरुङले बताए । गुरुङका अनुसार समन्वय समितिको मौज्दात कोषमार्फत एक करोड ६९ लाख ८२ हजार ६३८ रुपैयाँको लागतमा भवन निर्माण गर्न लागिएको हो ।

भवन निर्माणका लागि गत माघ १३ गते पराजुली/बेलु जेभीसँग सम्झौता भएको थियो । विसं २०७९ माघ १२ गतेभित्र भवन निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । भवनमा २४ वटा सटरहरु रहने र समन्वय समितिको आन्तरिक आम्दानी वृद्धिका लागि त्यसलाई व्यावसायिक प्रयोजनमा लगाइने समन्वय प्रमुख शान्तिरमण वाग्लेले बताए ।

बहुउद्देश्य भवन सिलान्यास गर्दै संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने लगायतले निर्धारित समयभित्रै भवन निर्माणको काम सक्न निर्माण व्यवसायीलाई आग्रह गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker