भानुमा पूर्ण खोप र स्वास्थ्य स-योजना तर्जुमा गोष्ठी

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकामा पूर्ण खोप र स्वास्थ्य स-योजना तर्जुमा गोष्ठी गरिएको छ । स्वास्थ्य कार्यालयले विहीबार पालिका खोप समन्वय समिति सदस्य, वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुका लागि पालिका स्तरमा पूर्ण खोप कार्यक्रमको समिक्षा तथा पूर्ण खोप दिगोपना र सरसफाई प्रवर्द्धन सम्बन्धी योजना तर्जुमा गोष्ठी गरेको हो ।

नियमित खोपको सुनिश्चितता र दिगोपनका लागि गोष्ठीको आयोजना गरिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । बैठकले आगामी माघ र फागुन महिनामा खोप सम्बन्धी घरधुरी सर्भेक्षण गर्ने, खोप लगाउन छुटेकालाई खोप अभियान संचालन गर्ने र २०८० को बैशाखमा भानु नगरपालिकालाई पूर्ण खोप युक्त नगर घोषणा गर्ने कार्यक्रम तय गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख ऐश्वर्यचन्द्र भट्टराइले बताए ।

गोष्ठीमा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले स्वास्थ्य महत्वपूर्ण विषयवस्तु भएको र मानिसको मौलिक हक र अधिकारसँग जोडिएको हुँदा सरोकारवाला सबैले विशेष ध्यान जरुरी रहेको भन्दै नियमित खोप र कोभिडको खोपको महत्वको बारेमा चर्चा गरेका थिए ।

नगर प्रमुख त्रिपाठीले नगरपालिकाका जनताको स्वास्थ्य प्रति नगरपालिका सदैव सचेत र संवेदनशील रहेकाले स्वास्थ्य, शिक्षा, रोजगार लगाएतका विषयमा काम गर्न नगरपालिकाले कुनै कसुर बाँकी नराख्ने बताए ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख्र उमा गोतामे, गण्डकी प्रदेशका अर्थ सचिव विश्व प्रकाश शर्मा पौडेल, प्रमुख प्रशासकीय अधिकृत दिपक प्रसाद खतिवडा, विश्व स्वास्थ्य संगठनका डा. रामु शर्मा, जनस्वास्थ्य निरीक्षक मोहदत्त शर्मा, स्वास्थ्य शाखाका शुभाष रेग्मी लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker