पल शाहलाई तनहुँ अदालतबाट सफाई

नायक पल शाहालाई तनहुँ जिल्ला अदालतले सफाई दिएको छ । नाबालिक जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका शाहलाई तनहुँ अदालतले बुधबार सफाई दिएको हो ।

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा बुधबार बहस सकिएपछि शाहलाई अदालतले सफाई दिएको छ ।

शाह विरुद्धको सुनुवाईमा अदालतले अभियोग दाबी नपुग्ने फैसला सुनाएको तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुंवरले जानकारी दिए । उनले भने, ‘तनहुँ अदालतमा दर्ता भएको शाह विरुद्धको मुद्दामा अदालतले सफाई दिने फैसला सुनाएको छ ।’ उनका अनुसार फैसला उपर चित्त नबुझे पीडित पक्षलाई पुनरावेदन जाने छुट रहेको छ ।

शाह विरुद्धको मुद्दाको पेशी तनहुँ अदालतमा पटक-पटक तोकिएर स्थगित हुँदै आएको थियो । उक्त मुद्दाको अन्तिम सुनुवाईमा बुधबार वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, परशुराम गिरी, कृष्णबहादुर थापा र अधिवक्ता भानुभक्त सुवेदीले बहस गरेका थिए ।

तनहुँ अदालतले शाहलाई सफाई दिएपनि उनी कारागारमै रहनेछन् । एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

शाहले उक्त फैसला उपर गत कात्तिक २५ गते उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।

नावालिकमाथि जबरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker