घिरिङमा वर्षाले क्षति पु¥याएका पुल र सडकको अनुगमन

घिरिङ : तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको नेतृत्वमा अविरल वर्षाका कारण घिरिङ गाउँपालिकामा पुगेको क्षतिको स्थलगत अनुगमन गरिएको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्की, जिल्ला सुरक्षा समिति तनहुँका पदाधिकारी तथा घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापासहितको टोलीले गाउँपालिकाका विभिन्न क्षेत्रमा पुगेर क्षतिको अवस्थाबारे निरीक्षण गरेको हो ।

असोज ८ देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण घिरिङ गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुगेका सातवटा झोलुङ्गे पुल, एउटा बेलिब्रिज तथा भिमाद–रामपुर सडकखण्डको टोलीले स्थलगत निरीक्षण गरेको जनाइएको छ ।

अनुगमनका क्रममा वर्षाका कारण पुल तथा सडकमा पुगेको क्षति, स्थानीय आवागमनमा परेको प्रभाव र तत्काल गर्नुपर्ने व्यवस्थापनका विषयमा जानकारी लिइएको थियो । टोलीले क्षतिग्रस्त संरचनाको अवस्थाबारे स्थानीय तह तथा सम्बन्धित पक्षसँग जानकारीसमेत लिएको छ ।

वर्षाका कारण क्षति पुगेका संरचनाको पुनःनिर्माण तथा मर्मतका लागि आवश्यक प्रक्रिया अघि बढाउने विषयमा समेत अनुगमनका क्रममा छलफल भएको जनाइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker