तनहुँका दुइ पालिकाका विपन्न बस्तीमा “मुख्यमन्त्री कार्यक्रम” सञ्चालन

भञ्ज्याङ समाचारदाता/तनहुँ

तनहुँका दुइ पालिकाका विपन्न बस्तीमा ‘मुख्यमन्त्री कार्यक्रम’ सञ्चालन गरिएको छ। आयआर्जनमा सबल गराइ विपन्न परिवारको जीविकोपार्जनमा सहज बनाउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको हो ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका-१ का ४० घर भुजेल र ऋषिङ गाउँपालिका-४ का करिब ६० घरधुरीलाई लक्षित गरी कार्यक्रम सुरु गरिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । आँबुखैरेनीमा ४६ परिवारमध्ये १६ जनालाई बाख्रा, छवटा तरकारी टनेल, ३५ घार मौरी, हाते ट्रयाक्टरलगायत प्रदान गरिएको छ ।

त्यसैगरी, गाउँपालिकामा ६० परिवारमध्ये बाख्रा सात जनालाई, टनेल तीन, बोयर बोका दुइ, बङ्गुरको पाठापाठी ३०, कुखुराका चल्ला एक हजार, हाते ट्रयाक्टर र कुटानी-पिसनी लगायतका सामग्री प्रदान गरिएको छ । बाख्रा र बङ्गुरपालनका लागि खोर निर्माण गरेपछि एक/एकवटा उन्नत जातको बाख्रा र बङ्गुरका पाठापाठी वितरण गरिनेछ ।

गण्डकी प्रदेश सरकारबाट दुइ पालिकाका लागि २०/२० लाख बजेट निकासा भएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारको ९० प्रतिशत र कृषकको १० प्रतिशत लगानी रहेको कृषि ज्ञान केन्द्रका प्रमुख तिवारीले बताउनुभयो ।

त्यसैगरी, साना व्यवसायी फार्म स्थापना तथा विस्तार कार्यक्रम अन्तर्गत आठजना मौरीपालन कृषकलाई दुइ सय ४० मौरीको घार वितरण गरेको छ । न्यूनतम चार/पाँच घार मौरी पाल्दै आएका र मौरीसम्बन्धी तालिम लिएका कृषकलाई प्राथमिकता दिएर गोलासहितको मौरीको घार वितरण गरेको हो । गण्डकी प्रदेशको ५० प्रतिशत छुटमा कृषकलाई मौरीको घार वितरण गरिएको उहाँले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker