नयाँ भवनबाट आँबुखैरेनी गाउँपालिकाको सेवा शुरु
भञ्ज्याङ समाचारदाता (आँवुखैरेनी)

तनहुँको आँबुखैरेनी गाउँपालिकाले नयाँ वर्षसंगै नयाँ भवनबाट सेवा शुभारम्भ गरेको छ। गाउँपालिकाले नवनिर्मित भवनको बुधबार उद्घाटन गरी सेवा शुभारम्भ गरेको हो । गाउँपालिका अध्यक्ष गिरबहादुर थापाले नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन । भवन उद्घाटन गर्दै अध्यक्ष थापाले गाउँपालिकाको नयाँ प्रशासनिक भवनको बुधबार एक कार्यक्रमका बिच उद्घाटन गर्दै अब नागरिकलाई सहज रुपमा एउटै भवनबाट सेवा प्रवाह गरिने बताए ।
दुइ चरणमा गरी करिब पौने ४ करोड रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न गरिएको हो । पहिलो चरणमा छिम्केश्वरी निर्माण सेवाले करिब १ करोड १७ लाख ६७ हजार ३२४ रुपैयाँमा निर्माणको काम गरेकोमा दोस्रो चरणमा सिजल कन्ट्रक्सन जेभीले २ करोड ५२ लाख ७९ हजार १५७ रुपैयाँमा निर्माणको काम गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताए ।










