स्वास्थ्यकर्मी सहित बन्दिपुरका जनप्रतिनिधि कोरोना संक्रमितको घरदैलोमा

डीपी अधिकारी/भञ्ज्याङ

तनहुँको बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधि कोरोना संक्रमितलाई भेट्न घरदैलोमा पुगेका छन् । कोरोना संक्रमण पुष्टि भई होम आईसुलेशनमा बसेकाहरुको स्वास्थ्य अवस्था बुझ्न तथा मनोबल उच्च बनाउनका लागि जनप्रतिनिधिहरु घरदैलो अभियानमा हिडेका हुन् ।

गाउँपालिकामा हाल २७ जना सक्रिय संक्रमित होम आइसोलेशनमा बस्दै आएका छन् । संक्रमितहरु होम आइसोलेशनमा बस्दा अपनाउनु स्वास्थ्य सुरक्षाका मापदण्ड, आहार बिहार लगायतका विषयमा जानकारी दिनुका साथै आत्मबल बढाउन संक्रमितकै घरमा पुगेका गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।

जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी सहितको टोली वडा नं. ३ को रामकोट क्षेत्र गाउँका बासिन्दालाई कोरोना संक्रमणबाट सुरक्षित रहन भिडभाड हुने गतिविधि नगर्न, अनिवार्य मास्कको प्रयोग गर्न, सरसफाईमा ध्यान दिन गाउँबासिलाई आग्रह गरिएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले बताइन् ।

संक्रमितको अवस्था बुझ्न प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी, वडा नं. ५ का वडा अध्यक्ष ध्रुब प्रसाद लामिछाने, स्वास्थ शाखा प्रमुख अंजिर भट्टराइ, बन्दिपुर अस्पतालका ल्याव टेक्निशियन प्रमुख राम प्रसाद भट्टराइ, इलाका प्रहरी कार्यालय बन्दिपुरका प्रमुख प्रहरी निरीक्षक बिकास अधिकारी लगायतका टोली संक्रमितको घरदैलोमा पुगि स्वास्थ्य सुरक्षाका विषयमा सचेत बन्ने आग्रह गरेका थिए । स्वास्थ्यमा केही समस्या देखिमा तत्काल खबर गर्न तथा नजिकको स्वास्थ्य संस्थामा जान आग्रह गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker