नेपाल मगर पत्रकार संघ कास्कीको कौरा पत्रकारिता पुरस्कार आस्थालाई
भञ्ज्याङ न्यूज

नेपाल मगर पत्रकार संघ कास्कीले प्रदान गर्दै आएको ‘राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार’ बाट पत्रकार एमबी आस्था मगर पुरस्कृत हुनुहुने भएको छ । पत्रकारिताको माध्यमबाट मगर जातिको मौलिक संस्कृतिको रूपमा परिचित कौरा नाचको उत्थान एवं प्रवर्द्धनमा योगदान पुर्याएवापत यस वर्ष उक्त पुरस्कारबाट एबिसी न्यूज टेलिभिजनका गण्डकी प्रदेश ब्यूरो आस्थालाई सम्मान गर्ने भएको हो ।
राष्ट्रिय मौलिक कौरा संरक्षण समिति नेपालद्वारा स्थापित सो पुरस्कारको राशि रु १० हजार नगदसहित दोसल्ला र ताम्रपत्र रहेको छ । जेठ १५ गते कौरा संरक्षण समितिको स्थापना दिवसका दिन प्रदान गरिँदै आएको सो पुरस्कार यस वर्ष कोरोना महामारीका कारण साउन १ गते प्रदान गरिने भएको छ ।
संघका केन्द्रीय उपमहासचिव रुद्रबहादुर श्रसिमगरको संयोजकत्वमा गठिन प्रतिभा छनोट समितिमा हर्क आलेमगर, तारामाया थापामगर, नरमाया आलेमगर र रुद्रबहादुर हितानमगर रहनुभएको थियो । सो पुरस्कारबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व)की कमला रानामगर, कास्कीका तिलमप्रसाद पुनमगर र तनहुँका प्रताप रानामगर पुरस्कृत भइसक्नुभएको संघका अध्यक्ष हर्क आलेमगरले जानकारी दिनुभयो ।









