शालिग्राम दर्शन गर्ने बढे

एकै पटक सवालाख शालिग्रामको दर्शन गर्न पाइने भएपछि यहाँको शालि ग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । विश्वमै दुर्लभ मानिएको शालिग्राम शिलाको संरक्षण र प्रचारप्रसारका कारण बागलुङ नगरपालिका-४ कुडुँलेस्थित शालि ग्राम संग्रहालयमा धार्मिक पर्यटक आउने क्रम बढ्दै गएको छ । चैतदेखि अध्ययन अवलोकन भ्रमणका लागि शालिग्राम संग्रहालयमा आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ ।

तीन वर्षदेखि सर्वसाधरणलाई खुल्ला गरिएको भूमिगत शालिग्राम सङ्ग्रहालयले शालिग्रामको संरक्षणका लागि उल्लेखनीय काम गरेको स्थानीयले बताएका छन् । मुस्ताङको मुक्तिनाथदेखि म्याग्दी, बागलुङ र पर्वत भएर वहने कालिगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाइने शालि ग्राम शिलाको संरक्षणका लागि बागलुङ-४ कुँडुलेमा रहेको तिरुपति बालाजी धाममा श्रीधराचार्य शालि ग्राम सङ्ग्रहालय निर्माणपछि शालिग्राम दर्शनका लागि आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको सङ्ग्रहालयका अध्यक्ष ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

“हिन्दूधर्मालम्बीका लागि कालो रङ्गको बाटुलो शिला -ढुङ्गा) शालिग्राम अति पुजनीय मानिन्छ, यसका लागि नेपालको पश्चिम कालीगण्डकी नदी प्रख्यात छ, वैष्णव र सनातनीले शालिग्रामलाई साक्षात विष्णुको अवतारका रुपमा लिन्छन्”, प्रपन्नाचार्यले भन्नुभयो, “लोपहुँदै गएको शालि ग्रामलाई वर्षौदेखि संग्रह गरी सङ्ग्रहालयमा राखेका छौ, अहिले शालिग्राम संग्रहालयको व्यापक प्रचारप्रसारका कारण शालिग्राम दर्शनका लागि भारतसहित नेपालका विभिन्न स्थानबाट यहाँ आउनेको सङ्ख्या बढेको छ ।”

चैतयता विभिन्न विद्यालय, आमा समूह, सहकारी, स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि तथा धर्मलम्बी अवलोकन भ्रमणका लागि उल्लेख्य मात्रमा यहाँ आउने गरेका छन् । अहिले औषतमा दैनिक सय देखि दुइ सयको हाराहारीमा पर्यटक गुफाभित्रको शालिग्राम दर्शनका लागि आएको अध्यक्ष प्रपन्नाचार्यले बताउनुभयो । शालि ग्रामको महिमा बढाउन सङ्ग्रहालयले शालिग्राम महोत्सव गर्ने, शालिग्राम सम्बन्धी प्रवचन गर्ने र शालिग्राम दर्शनपछि पुण्य कमाउने विश्वासका साथ यहाँ आउने दर्शनार्थीको संख्यामा वृद्धि भएको हो ।

शालि ग्रामको महिमा बढाउन र प्रचारप्रसार गर्न हालै मात्रै शालि ग्राम महोत्सव सम्पन्न गरिएको छ । पछिल्लो समय शालिग्राम दर्शनका लागि आउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको स्थानीय रामप्रसाद शर्माले जानकारी दिनुभयो ।

“सुरुमा सुरुङभित्र शालिग्राम संग्रहालयभन्दा धेरै मानिस झुक्किने गर्दथे, तर अहिले शालि ग्राम गुफा कहाँ हो भन्दै खौज्दै आउने बढे, चैतयता त अध्ययन तथा अवलोकन भ्रमणको ओइरोनै लागेको छ”, शर्माले भन्नुभयो “शालिग्राम दर्शनका लागि सुरुङमार्ग प्रवेश गर्न रु एक सयको टिकट काट्ने व्यवस्था मिलाउँदा संग्रहालयको आम्दानीको स्रोतसमेत बढेको छ, मुक्तिनाथ पुगेका भारतीय पर्यटक समेत शालि ग्राम दर्शनका लागि बागलुङको बाटो भएर आउजाउ गर्न थालेको पाइएको छ, संग्रहालयका कारण कुडुँलेमा व्यापार तथा व्यवसायसमेत फष्टाएको छ ।”

हिन्दू धर्मालम्वीले शालिग्रामको पूजाआराधना गर्ने गरे पनि वर्तमान समयमा भने शालिग्राम शिलाको संरक्षण अभावमा हराउँदै गएको अवस्थामा बागलुङमा सङ्ग्रह गरी राखिएको हो । सङ्ग्रहालयको प्रवेशद्वार बाघको मुखको आकृतिबाट बनाएपछि सङ्ग्रहालय अहिले बाघको मुखभित्र रहेको छ ।

बागलुङको पहिचानसँग जोडिएको बाघको मुखको आकृति निर्माणसँगै सङ्ग्रहालयको महिमा झनै चुलिएर गएको छ । भारतीय पर्यटक शालिग्राम दर्शनका लागि पछिल्लो समय यहाँ आउने गरेको पाइएको छ । मुक्तिनाथ दर्शनका लागि पुगेका दर्थनार्थीले यहाँको सवालाख शालिग्राम दर्शन गरेपछि मात्रै आफूलाई मुक्ति प्राप्त भएको प्रतिक्रिया दिँदै आएका छन् ।

भगवना शिवको प्रिय अस्त्रका रुपमा मानिने त्रिशूल आकारमा भू-गर्भभित्र ७६ मिटर लामो सुरुङ निर्माण गरी व्यवस्थितरुपमा शालिग्राम सङ्ग्रहालय, त्रिवेणी धामदेखि दामोदरकुण्डसम्मको नक्शा, विभिन्न मठमन्दिरका आकृति, वृतचित्र प्रदर्शनी कक्ष लगायतका संरचना अवलकोकन गर्न सकिन्छ । संग्रहालयमा स-साना शालिग्रामदेखि तीन सय किलोसम्मको शालि ग्राम सङ्ग्रहित छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker