आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ को नयाँ पाठ्यक्रम सम्बन्धी गोष्ठी

- भञ्ज्याङ समाचारदाता (दमौली)
दमौली स्थित आदिकवी भानुभक्त क्याम्पसमा कक्षा ११ को नयाँ पाठ्यक्रममा विद्यार्थी मुल्यांकन बिषयक १ दिने गोष्ठी सम्पन्न गरिएको छ । सरकारले यस शैक्षिक बर्षबाट सुरु गरेको कक्षा ११ को नयाँ पाठ्यक्रममा विद्यार्थीहरुको सिकाइ उपलब्धीको मुल्याङ्कन प्रक्रियामा देखिएका समस्याहरुका विषयमा गोष्ठीमा छलफल गरिएको थियो ।
गोष्ठीमा ब्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले शिक्षाको स्तर उकास्न सधै सरकारको मुख ताक्नु भन्दा शैक्षिक संस्थाहरुले आपसी सहकार्य गरी अनुभव साटासाट गर्ने बातावरण बनाउनु उपयुक्त हुने बताएका थिए । सो अवसरमा नगर प्रमुख न्यौपाने र क्याम्पस संचालक समितिका अध्यक्ष ब्रहृमदत्त तिमल्सेनाले क्याम्पसमा ०६४ सालमा स्नातकोत्तर तहमा एमएडको शैक्षिक कार्यक्रम शुरूवात गर्न प्राध्यापन गरेर क्याम्पसलाई महत्वपूर्ण योगदान पुर्याएकोमा राष्ट्रिय परिक्षा बोर्ड, गण्डकी प्रदेशका निर्देशक बिष्णु नारायण श्रेष्ठलाई सम्मान गरेका थिए ।
क्याम्पस संचालक समितिका अध्यक्ष ब्रहृमदत्त तिमल्सेनाको अध्यक्षतामा आयोजित गोष्ठीमा क्याम्पस प्रमुख महा प्रसद हड्खले, भक्ति नमुना मावि भोटेवोडार लमजुङका प्रधानाध्यापक यज्ञराज घिमिरे लगायतले नयाँ पाठ्यक्रम ल्याइदा पाठ्यक्रम बिकास केन्द्रबाट शैक्षिक संस्थाहरुलाई कुनै अभिमुखिकरण नगरिएकाले समस्या आइपरेको बताएका थिए ।










