आदिकवि भानुभक्त क्याम्पसको व्यवस्थापन विद्यार्थी सर्कलको दोस्रो अधिवेशन सम्पन्न

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-१ स्थित आदिकवि भानुभक्त क्याम्पसको व्यवस्थापन विद्यार्थी सर्कलको दोश्रो अधिवेशनले दिनेश विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

संस्थाको प्रथम उपाध्यक्षमा मिलन तामाङ, द्धितीय उपाध्यक्षमा निशा भण्डारी, सचिवमा सुमन खड्का, सहसचिवमा अलिशा वंशी ठकुरी, कोषाध्यक्षमा रोजिना श्रेष्ठ चयन भएका छन् ।

यस्तै, बोर्ड सदस्यहरुमा प्रबिन आले, सुन्दर श्रेष्ठ बुनु सुनाम, निकाश पुरी, विविजान मिया, हरि बहादुर थापा, प्रकाश पौडेल र कविता गैहे चयन भएको बताइएको छ ।

यस्तै, ११/१२ उपसमिति संयोजकमा लक्ष्मी रानाभाट, उपसमिति सदस्यहरुमा ममता खड्की, कविता आले प्रजुना श्रेष्ठ र वविता थापा रहेका छन् ।

सर्कलका कार्यवाहक अध्यक्ष दिनेश विकको अध्यक्षता आयोजित कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रहृमदत्त तिम्सिना, र्सकलका प्रमुख संरक्षक एवं क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले सर्कलले गरेका कार्यहरु राम्रा रहेका र आगामि दिनमा पनि यस्तै कार्यक्रमहरु सञ्चालन गर्दै अगाडि बढ्न आग्रह गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker